पोलोनियम २१० ! सबैभन्दा खतरनाक विष « Khabarhub

पोलोनियम २१० ! सबैभन्दा खतरनाक विष


१ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साइनाइडका बारेमा तपाईंले धेरथोर सुन्नु भएको होला । यसलाई विश्वको सबैभन्दा खतरनाक विष मध्ये एक मानिन्छ ।

साइनाइड जस्तै अर्को पनि एक खतरनाक विष छ, जसको एक ग्राम मात्राले पनि हजारौ मानिसलाई मार्न सक्छ । यस विषको नाम हो, पोलोनियम २१० । आखिर के हो त पोलोनियम २१० ?

पोलोनियम २१० एक रेडियो एक्टिभ तत्व हो । यसबाट निस्कने रेडिएसनले मानिसको शरीरका भित्रि अंग साथै डीएनए र इम्यून सिस्टमलाई समेत तीव्र रुपमा नष्ट गर्न सक्छ । तर मृत शरीरबाट यसको उपस्थिति पाउन अत्यन्त मुस्किल हुन्छ ।

पोलोनियम २१० को खोज चर्चित भौतिकविद् र रसायनशास्त्री मैरी क्यूरीले सन् १८९८ मा गरेकि थिइन् । उनी रसायन विज्ञानको क्षेत्रमा रेडियमको शुद्धीकरण (आइसोलेसन अफ प्योर रेडियम)का लागी रसायनशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिक हुन् । यस अलावा क्यूरीलाई रेडियोएक्टिभिटीको खोजका लागि पनि नोबेल पुरस्कार दिइएको थियो ।

शुरुवातमा पोलोनियमको नाम रेडियम एफ राखिएको थियो तर पछि यसको नाम बदलियो । वैज्ञानिकका अनुसार पोलोनियम २१० को नुनको कणभन्दा पनि सानो टुक्रा मानव शरीरमा प्रवेश गरेमा केहि सेकेण्डमा नै मृत्यु हुन्छ ।

यतिसम्म कि यसको सेवनपछि मानिसले यसको स्वादबारे बोल्ने समय समेत नभई उसको मृत्यु हुन्छ ।

केहि तथ्य अनुसार पोलोनियम विषको सिकार यसैको खोजकर्ता मैरी क्यूरीको छोरी ईरीन ज्यूलियट क्यूरी बनेकि थिइन् । उनले यसको एक सानो कण मात्र सेवन गर्नासाथ मृत्यु भएको थियो ।

यस अलावा प्यालेस्टाइनका नेता यासिर अराफातको मृत्युको कारण पनि यहि विष बनेको थियो । यसको परीक्षणका लागी उनको शवलाई कैयौं बर्षपछि कब्रस्थानबाट निकालिएको थियो । स्वीजरल्याण्डका वैज्ञानिकको दाबा अनुसार उनको शवको अवशेषमा रेडियोधर्मी पोलोनियम २१० पाइएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  १० : २१ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु