संक्रमण दर कम भए पनि जोखिम हटेको छैन : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

संक्रमण दर कम भए पनि जोखिम हटेको छैन : स्वास्थ्य मन्त्रालय


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले यस्तो बताएका हुन् । उनले विदेशबाट  हवाइ तथा स्थलमार्गबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयल सक्षम रहेको जानकारी दिए ।

उनले भने, ‘ हवाई तथा स्थलमार्गबाट आउनेहरुको पीसीआर गराउन मन्त्रालय कटिबद्ध छ ।’

विदेशबाट आएकाहरु घटेको र क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि घटेका कारण परीक्षणको दायरा कम भएको बताए ।

उनले दैनिक १० हजारको पीसीआर परीक्षणको क्षमता भए पनि यो भन्दा बढीको पनि परीक्षण गर्न मन्त्रालय सक्षम रहेको बताए । संक्रमण दर कम हुँदै गएकाले पीसीआर परीक्षण दर मात्रै कम भएको उनले बताए ।

उनले भने, ‘संक्रमणको दर कम भए पनि जोखिम कम भएको छैन ।’  उनले व्यक्ति तथा समुदायले उठाएका विषयमा मन्त्रालय जानकार रहेको बताए ।

मन्त्रालयका अनुसार नेपालमा विहीबार थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको परीक्षण भएकोमा १६७ मा कोरोना पुष्टि भएको हो

पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २४९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ४ : ४५ बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक