१२ वर्षसम्म फ्रीमा काम गरेका थिए भोजपुरी स्टार रवि किशनले « Khabarhub

१२ वर्षसम्म फ्रीमा काम गरेका थिए भोजपुरी स्टार रवि किशनले


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भोजपुरी फिल्म उद्योगका सुपरस्टार रवि किशनले लामो समयदेखि फिल्म क्षेत्रमा काम गरिरहेका छन् । जौनपुर उत्तर प्रदेशको बिुई गाउँमा जन्मिएका रवि किशनको आज जन्मदिन पनि हो । उनी आज आफ्नो ५१ औं जन्मदिन मनाउँदै छन् ।

रवि किशनले सन् १९९२ फिल्मकी करिअर थालेका रवि किशन हिन्दी फिल्म हुँदै भोजपुरी फिल्मतिर लागेका थिए । तर, भोजपुरी फिल्ममा जमेका कारण धेरैले उनी भोजपुरी फिल्मपछि हिन्दी फिल्ममा काम थालेको मान्छन् ।

सन् १९९२ देखि २००२ सम्म उनले हिन्दी फिल्ममा काम गरेका थिए ।

रविले आफ्नो करिअरका बेला निकै मेहनत गरे । उनले एक अन्तर्वार्तामा बताएका थिए कि, उनले कैयन् फिल्ममा त करिअरका खातिर नि:शुल्क काम गरे ।

कतिपय फिल्ममा उनी अन्तिम समयमा आएर रिजेक्ट भएका थिए । उनले शुरुका १२ वटा फिल्ममा पारिश्रमिक नलिई काम गरेका थिए ।

रवि भन्छन् – विकल्प कम थिए, त्यतिबेला तपाईंलाई कि त काम मिल्थ्यो, या पैसा ।

रविले कसैले कामको प्रस्ताव गर्दा अस्वीकार गर्दैनथे । उनलाई पहिलोपटक बलिउड अभिनेता अमिताभ बच्चनले भोजपुरी फिल्मका सुपरस्टार भनेका थिए । उनलाई फ्यानले भोजपुरी फिल्मका सुपरस्टार मान्ने गर्छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : ४३ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री