नेकपाले शनिबार बोलायो सचिवालय बैठक | Khabarhub Khabarhub

नेकपाले शनिबार बोलायो सचिवालय बैठक


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक शनिबार (भोलि) लाई बोलाइएको छ ।

साउन ४ गतेलाई तय गरिएको स्थायी कमिटीको बैठकअघि सचिवालय समितिको बैठक बस्न लागेको हो । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

केही समययता नेकपाभित्र आन्तरिक विवाद उत्पन्न भएको छ । नेकपाका शीर्ष नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि पार्टीभित्र थप विवाद बढेको छ ।

विवाद बढ्दै गएपछि ओली र प्रचण्डबीच पटक–पटक छलफलबाट सहमति जुटाउने प्रयास भए पनि कुनै सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  २ : १८ बजे

गृहमन्त्रीले भने- राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्छु

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै

अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू

काठमाडौं– अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) को सुरु गरेको

गाजामा विनाशबीच माइक्रोसफ्टले बन्द गर्‍यो इजरायली सेनाका केही सुविधा 

वासिङ्टन– माइक्रोसफ्टले इजरायली सेनाका लागि उपलब्ध गराइराखेका केही सेवा बन्द

कुष्माण्डा देवीको पूजा आराधना गरियो

काठमाडौं– नवरात्रको पाँचौँ दिन तिथिको घटबढले शुक्रबार पनि कुष्माण्डा देवीको

‘जेन-जी’ आन्दोलनका घाइते भेट्न अस्पताल पुगे सञ्चारमन्त्री (तस्बिरहरू)

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले टिचिङ हस्पिटलमा