रवीन्द्र मिश्रले भने : महत्वपूर्ण नेताले पार्टी छोडे पनि हामी अघि बढ्नैपर्छ | Khabarhub Khabarhub

रवीन्द्र मिश्रले भने : महत्वपूर्ण नेताले पार्टी छोडे पनि हामी अघि बढ्नैपर्छ


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दुईजना नेता डा. सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गर्नुलाई खेदजनक स्थिति भनेका छन् ।

उनले दुवै जनालाई ‘महत्वपूर्ण नेता’ भन्दै पार्टीमा विकसित घटनाक्रमबाट सबै चिन्तित भएको बताएका छन् ।

शुक्रबार पार्टी सदस्यहरूका लागि एक सन्देश जारी गर्दै मिश्रले आफूसहित पार्टीका केन्द्रीय नेता सबैले यस्तो स्थिति नआओस् भनेर आफ्नो बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेको पनि बताएका छन् । उनले केन्द्रीय समितिले गरेको निर्णय मान्दा दुई जना नेता अलग्गिएको जनाएका छन् ।

उनले भनेका छन् ‘केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै ग¥यौँ । त्यसो गर्दा पार्टीका दुईजना महत्वपूर्ण नेता डा. सूर्यराज आचार्य तथा मुमाराम खनाल हामीबाट अलग्गिनु भयो । त्यो हाम्रा लागि अत्यन्तै खेदजनक स्थिति हो ।’

मिश्रले जे भए पनि यात्रा कायम राख्नुपर्ने र अझ दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले भनेका छन्

‘राजनीतिमा दशकौँदेखिको बेथिति र दिशाहीनताको विशाल र जब्बर चट्टान फोड्न सहज छैन । त्यसका लागि आदर्शमात्र भएर पुग्दैन राजनीतिक सुझबुझ र व्यावहारिकता दुबैको खाँचो हुन्छ । त्यो खाँचो पूरा गर्न हामी प्रतिबद्ध छौँ ।’

मिश्रले विगत तीन वर्षका आरोह–अवरोहले धेरै सिकाएको र त्यो अनुभवका आधारमा परिष्कृत हुने बेला आएको छ भन्दै मन, वचन र कर्मले अघि बढ्न आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘यथार्थको धरातलमा हामीलाई नराम्रोसँग बजारेको पनि छ । यो क्रममा हामीले केही हासिल ग¥यौँ, केही गुमायौँ । नदीमा घोटिँदै गएपछि मात्र ढुङ्गा चिल्लो हुँदै जाने हो । हामी गत तीन वर्षमा राम्रैसँग घोटियौँ तर त्यो अनुभवका आधारमा अब हामी परिष्कृत हुने बेला आएको छ ।’

उनले साझा पार्टीले विगतका अनुभवहरूलाई ध्यानमा राख्दै समान सोच भएका पार्टी, समूह र व्यक्तिहरूसँग एकीकण र ध्रुवीकरण, पार्टी पुनर्गठन र सुदृढीकरण गर्दै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने तेस्रो ध्रुवको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेका छन् ।

मिश्रले पार्टी सदस्यहरूको आत्मविश्वास नडगमगाओस् भन्ने कामना पनि गरेका छन् । उनले भनेका छन्, ‘७० वर्षभन्दा पुराना राजनीतिक दलहरूले जकडाएर राखेको र विकृत बनाएको समाज र यो देश रूपान्तरण गर्ने यात्रा सहज हुनेवाला थिएन र अझै पनि सहज हुनेछैन । यो जटिल घडीमा चट्टान झैँ एक र दृढ रहनुभएकोमा म शिर नुहाएर तपाईंलाई नमन गर्न चाहन्छु ।’

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ११ बजे

नस्ल सुधारका लागि नौ हजार पशुमा कृत्रिम गर्भाधान

तनहुँ– तनहुँमा एक वर्षमा नौ हजार ५०० भन्दा बढी पशुको

पर्यटकका लागि सहज गन्तव्य बन्दै ‘चखेवा भञ्ज्याङ’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज

कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय