साउनसँगै सुदूरपश्चिममा सङ्क्रमित घट्दै | Khabarhub Khabarhub

साउनसँगै सुदूरपश्चिममा सङ्क्रमित घट्दै


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- मुलुकभित्र कोरोना सङ्क्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता सङ्क्रमण दर न्यून रहेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार १ गते यहाँका नौ जिल्लामा सङ्क्रमण पुष्टि भएका ३२७ थिए । उक्त संख्यामा सङ्क्रमित देखिँदा यहाँ ५२ जना कोरोना जितेर घर फर्किएका थिए । असार १५ आइपुग्दा यहाँ सङ्क्रमितको संख्या ह्वात्तै बढेर दुई हजार २६६ पुग्यो । त्यसको दश दिनपछिको तथ्याङ्क हेर्दा सङ्क्रमितको संख्या बढेर तीन हजार ७५३ पुग्यो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भारतलगायत अन्य मुलुकबाट आएका नागरिकमा मात्रै कोरोना सङ्क्रमण देखिएको बताए । ‘एकआध बाहेक यहाँ समुदायमा कोरोना फैलिन पाएन्’, निर्देशक डा. अवस्थीले भने–’कोरोनासितको लडाइमा होमिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेतमा यसको सङ्क्रमण देखियो ।’

निर्देशनालयको तथ्याङ्क हेर्दा असार अन्तिममा यहाँ सङ्क्रमतिको संख्या तीन हजार ८०१ पुग्दा निको हुनेको संख्या भने एक हजार ५८५ पुगेको थियो । सुदूरपश्चिममा सुरुवातदेखि नै सबैभन्दा बढी सङ्क्रमण कैलालीमा देखिएको निर्देशनालयले जनाएको छ । हालसम्म कैलालीमा मात्रै ८९० जनामा कोरोना देखिएको कोभिड–१९ कैलालीका सम्पर्क व्यक्ति जयसिंह भण्डारीले जानकारी दिनुभयो । कोभिड–१९ सुदूरपश्चिम प्रदेशका सम्पर्क व्यक्ति नरेन्द्र कार्कीले सङ्क्रमणको दायरा साघुरिँदै गएको बताए ।

‘असारमा सङ्क्रमण बढेपनि साउनयता घट्दो गतिमा छ’, उनले भने, “निको भएर फर्किने क्रम पनि बढेको छ ।” बिहिबार तीन हजार ८८० देखिएकोमा शुक्रबार भने एकजना मात्र बढेको देखिएको छ । सुदूरपश्चिममा तीन हजार ८८१ जनामा सङ्क्रमण देखिँदा एक हजार ६६८ जना निको भएर घर फर्किसकेका छन् ।

यहाँ २९ हजार ७८७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ भने एक हजार ५१० जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोनाबाट यहाँ हालसम्म आठ जनाको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हरेकदिन जसो सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस सङ्क्रमणको ग्राफसहितको विवरण सार्वजनिक गर्छ ।

कोरोना सङ्क्रमितको स्वास्थ्य उपचार, परीक्षण र सङ्क्रमितहरुको ‘ट्राभल हिष्ट्री’समेत सङ्कलन गरेर रोकथाम तथा न्यूनीरकणमा लाग्नुपर्ने निकायले नै उमेर समूहका आधारमा सङ्क्रमित देखाइएका वयोवृद्ध सम्पर्कमा छैनन् । निर्देशनालयको तथ्याङ्कमा ९० वर्षमाथि एक जना सङ्क्रमित रहेको देखाएपनि ती सङ्क्रमित भनिएका व्यक्ति न स्थानीय तहको सम्पर्कमा छन् । नत कुनै सरोकारवाला निकायको नै ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार १८ गते सुदूरपश्चिममा ९६ जनामा कोरोना सङ्क्रमण भेटियो । जसमा कैलालीको जानकी गाउँपालिकामा ९७ वर्षीय पुरुषसहित छ जनामा सङ्क्रमण देखिएको बताइएपनि सङ्क्रमित वृद्धको परिचय भने खुलेको छैन् । कोभिड–१९ कैलालीका सम्पर्क व्यक्ति जयसिंह भण्डारीले भने, “प्रदेश निर्देशनालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वृद्ध जानकी गाउँपालिका भनेपनि त्यहाँ पनि छैन्न ।”

उमेरसमुहका आधारमा देखाइएको पीसीआर पोजेटिभको संख्या ९० वर्षदेखि माथि एक जना रहेको ग्राफमा उल्लेख छ । कैलालीको जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरी ९७ वर्षीय पुरुष सङ्क्रमित ग्राफमा देखाइएपनि पालिकामा नभएको बताए ।

यता प्रदेश जनस्वास्थ्य प्रयोगशालाका एक कर्मचारीले भने ती ९७ वर्षीय सङ्क्रमितको कोरोना सङ्क्रमण भएको पुष्टिसहितको रिपोर्ट गत असार १८ गते त्रिभुवन शिक्षण अस्पतालबाट आएको बताए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले प्रदेशमा देखिएका ७० वर्षमाथिका सबै वृद्धवद्धा भारतबाटै आएको दाबी गरे ।

“वृद्धवद्धा राजेगारीदेखि, छोरा छोरीसित भारतमा बस्दै आएको र कोरोनाका कारण घर फर्किदा सङ्क्रमण देखिएको हो,” निर्देशक डा. अवस्थीले भने–“सुदूरपश्चिममा एक जना बाहेक अरुमा स्थानीय सङ्क्रमण अझै देखिएको छैन ।”

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १ : २९ बजे

आज २०८२ साल जेठ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ १ गते बिहीबार। जेठ

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज