पार्टीको 'धुरी खाँबो' ढल्यो भने अस्तित्व नै सकिन्छ : मन्त्री ज्ञवाली | Khabarhub Khabarhub

पार्टीको ‘धुरी खाँबो’ ढल्यो भने अस्तित्व नै सकिन्छ : मन्त्री ज्ञवाली


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुनै औचित्य नरहेको बताएका छन् ।

शनिबार गृह जिल्ला गुल्मी पुगेका उनले पार्टी भित्रको विवादलाई लिएर ‘पार्टीको धुरी खाँबो ढल्यो’ भने अस्तित्व नै समाप्त हुने बताए ।

उनले कार्यकर्ताहरुलाई पार्टी नफुट्ने कुरामा आश्वास्त पार्दै कार्यकर्तास्तरदेखि माथिसम्म पार्टी एकता कै पक्षमा उभिने बेला भएको बताए ।

उनले भने,  ‘पार्टीभित्र विवादमा अल्झिने बेला होइन, सबै राजनैतिक दलबीच एकता गरेर कोरोनाबिरुद्ध लड्न कसरी सकिन्छ । रोजगारी गुमाएकाहरुलाई कसरी रोजगारीमा जोड्न सकिन्छ, भारतले मिचेको नेपाली भूमी कसरी फर्काउन सकिन्छ भनेर चिन्ता गर्ने बेला हो ।’

उनले रेसु नगरपालिकाको आइसोलेशनलाई पीसीआर मेशिन हस्तान्तर गर्दै नगरपालिकाले खर्चमा कन्जुसाई नगरी कोराना विरुद्धको लडाईमा राम्रो ब्यवस्थापन गरेको बताए ।

मन्त्री ज्ञवालीले यति बेला सबै दलहरुबीच राष्ट्रिय एकताको खाँचो रहेको बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : ४५ बजे

रामेछापमा भूकम्पको धक्का महसुस

काठमाडौं– रामेछापको भटौली केन्द्रबिन्दु भएर शुक्रबार दिउँसो भूकम्पको गएको छ

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

नौगाड– तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त

कञ्चनपुरमा चाडपर्व सुरक्षित र मर्यादित ढङ्गले मनाउन आग्रह

कञ्चनपुर– बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले

डोनाल्ड ट्रम्पको ‘ट्यारिफ बम’: अब औषधिमा १०० प्रतिशत कर

वासिङ्टन- राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अर्को ठूलो आर्थिक घोषणा गर्दै

अर्थमन्त्री र मन्त्रालयका सचिवको अमेरिका भ्रमण स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि