पार्टीको ‘धुरी खाँबो’ ढल्यो भने अस्तित्व नै सकिन्छ : मन्त्री ज्ञवाली « Khabarhub

पार्टीको ‘धुरी खाँबो’ ढल्यो भने अस्तित्व नै सकिन्छ : मन्त्री ज्ञवाली


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुनै औचित्य नरहेको बताएका छन् ।

शनिबार गृह जिल्ला गुल्मी पुगेका उनले पार्टी भित्रको विवादलाई लिएर ‘पार्टीको धुरी खाँबो ढल्यो’ भने अस्तित्व नै समाप्त हुने बताए ।

उनले कार्यकर्ताहरुलाई पार्टी नफुट्ने कुरामा आश्वास्त पार्दै कार्यकर्तास्तरदेखि माथिसम्म पार्टी एकता कै पक्षमा उभिने बेला भएको बताए ।

उनले भने,  ‘पार्टीभित्र विवादमा अल्झिने बेला होइन, सबै राजनैतिक दलबीच एकता गरेर कोरोनाबिरुद्ध लड्न कसरी सकिन्छ । रोजगारी गुमाएकाहरुलाई कसरी रोजगारीमा जोड्न सकिन्छ, भारतले मिचेको नेपाली भूमी कसरी फर्काउन सकिन्छ भनेर चिन्ता गर्ने बेला हो ।’

उनले रेसु नगरपालिकाको आइसोलेशनलाई पीसीआर मेशिन हस्तान्तर गर्दै नगरपालिकाले खर्चमा कन्जुसाई नगरी कोराना विरुद्धको लडाईमा राम्रो ब्यवस्थापन गरेको बताए ।

मन्त्री ज्ञवालीले यति बेला सबै दलहरुबीच राष्ट्रिय एकताको खाँचो रहेको बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : ४५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन