मुलुकका अधिकांश स्थानमा वर्षा,  ७ नदीका तटीय क्षेत्रमा उच्च जोखिम « Khabarhub

मुलुकका अधिकांश स्थानमा वर्षा,  ७ नदीका तटीय क्षेत्रमा उच्च जोखिम


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति मेलम्ची, इन्द्रावती, बलेफी र भोटेकोशी नदी जलाधारको माथिल्लो तटीय क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

यस्तै कपिलवस्तुको बाणगंगा र आसपासको क्षेत्र तथा नवलपारसीका अधिकांश स्थानमा भारी वर्षा भएकाले सो क्षेत्रको अरूण खोला, गिरूवारी खोला तथा अरू स-साना खोलामा एक्कासी बाढी आउने खतरा भएकाले सतर्कता अपनाउन विभागले आह्वान गरेको छ ।

विज्ञानले आइतबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबारसम्म देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम र कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यो क्रम आगामी मंगलबारसम्म कायम रहने विभागले जनाएको छ ।

ठूला ७ नदीका तटीय क्षेत्र उच्च जोखिममा

मुलुकभर भारी वर्षासँगै आगामी साउन ८ गतेसम्म ठूला ७ नदीका तटीय क्षेत्र उच्च जोखिममा रहेकाले त्यस क्षेत्र तथा आसपास बस्नेतहरूलाई सतर्क रहन सरकारले अपिल गरेको छ ।

बिहीबारसम्म मनसुनमा बदली भई भारी वर्षा हुने र यसबाट कन्काई, सप्तकोसी, कमला, वाग्मती, नारायणी, भेरी–बबई र पश्चिम राप्तीमा बाढी आउने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान भनेको हो ।

प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ का जिल्ला हुँदै बग्ने ठूला तथा सहायक नदीमा पानीको सतह बढ्ने र यसले बाढी र डुबानको जोखिम निम्त्याउने पूर्वानुमान गरिएकाले सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको हो ।

प्राधिकरणले सुरक्षा निकायसहित स्वयंसेवक, स्थानीय तह, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि तयारी हालतमा रहन र प्रभावित क्षेत्रका बासिन्दालाई स्वयं सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ५८ बजे

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

त्रिशूली– धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

गलकोट– बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ ।

चार महिने छोराको हत्या आरोपमा नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं– आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच