कर्णालीका ८७ प्रतिशत सङ्क्रमित उपचारपछि निको « Khabarhub

कर्णालीका ८७ प्रतिशत सङ्क्रमित उपचारपछि निको


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या भने दिनप्रतिदिन बढिरहँदा सङ्क्रमणदर भने घट्दो अवस्थामा छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्कलाई हेर्दा शनिबार चार जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यो सङ्ख्या कर्णालीमा अहिलेसम्मकै न्यून हो ।

शनिबारसम्म १७ सङ्क्रमित निको भएसँगै कर्णालीमा कोरोना भाइरस जितेर घर फर्कनेको सङ्ख्या एक हजार ५१० पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

‘कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ७३७ पुगेको छ’, महाशाखा प्रमुख डा तिवारीले भने, ‘जसमा कूल सङ्क्रमित सङ्ख्याको ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन् ।’

उनले सङ्क्रमितहरुमा निको हुनेको सङ्ख्या २१३ मात्र बाँकी रहेको बताए  । तीमध्ये प्रदेश अस्पताल सुर्खेतसहित यहाँका विभिन्न आइसोलेसन केन्द्रमा १२६, दैलेखमा ३५, सल्यान १६, रुकुमपश्चिममा १२, कालिकोटमा ११, जुम्लामा छ, जाजरकोटमा पाँच, मुगु र डोल्पामा एक/एक छन् भने हुम्ला सङ्क्रमितविहीन रहेको प्रमुख डा.तिवारीले जनाए ।

सङ्क्रमण पुष्टि भएका सबै व्यक्तिहरुको अवस्था सामान्य रहेको उनको  भनाइ थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ०६ बजे

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी