मेलम्चीको गेट भत्किएपछि सुरुङ परीक्षण रोकियो « Khabarhub

मेलम्चीको गेट भत्किएपछि सुरुङ परीक्षण रोकियो


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको १७ नं. गेट भत्किएपछि सुरुङ परीक्षण रोकिएको छ।

असार ३० गते मेलम्चीको मुहानस्थल हेलम्बु गाउँपालिका १ अम्बाथानको सुरुङको १७ नं. गेट भत्किएको थियो। गेट भत्किदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। दुर्घटनामा २७ वर्षीय इञ्जिनियर शतिश गोइत र ५६ वर्षका गाडी चालक राधाकृष्ण थापाको मृत्यु भएको थियो ।

त्यस्तै, इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङ घाइते भएका थिए। उनीहरुको उपचार भइरहेको छ।

उनीहरु अनुगमनका लागि सुरुङभित्र पसेका थिए। सुरुङभित्र रहेकै वेला गेट भत्किएपछि गाडीसहित बगाएको थियो।

त्यसपछि आयोजनाले सुरुङमा पानी परीक्षण गर्ने कार्य रोकेको जनाएको छ। तत्कालका लागि परीक्षण रोकिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताए। अहिले घटनाको छानबिन भइरहेको छ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १२ : ४९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग