निकुञ्ज प्रशासनले चेपाङ बस्तीमा आगो लगाएपछि… « Khabarhub

निकुञ्ज प्रशासनले चेपाङ बस्तीमा आगो लगाएपछि…


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले चेपाङ बस्तीमा आगो लगाई घरबारविहीन बनाएको घटनालाई लिएर माडी नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगरपालिकाले विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेको छ । वैकल्पिक व्यवस्था नगरी यस्तो अमानवीय कार्य गर्नेमाथि कारबाहीको माग समेत गरेको छ ।

बस्ती स्थानान्तरणका लागि नगरपालिकाले थालेको काममा समेत निकुञ्ज प्रशासनले अवरोध पुर्‍याएको जनाएको छ ।

निकुञ्ज प्रशासनले जग्गा अतिक्रमण गरी बनाइएको भन्दै माडी-९,कुसुमखाेलामा रहेकाे सुकुम्बासी चेपाङ बस्तीका २ वटा घरमा आगो लगाएको र हात्ती लगाएर अन्य घर भत्काएको थियो ।

सो क्षेत्रमा चेपाङहरु २०५३ सालबाट बस्दै आएका थिए ।

स्थानीय निकाय तथा सरोकारवालासँग समन्वय नै नगरी उनीहरुको उठिबास लगाएकोमा नगरपालिकाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नगरपालिकाले जारी गरेको विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : १२ बजे

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ