मधेशमा विपत्तिको श्रृंखला : बाढी, डुबान, शीतलहर, लू, आगलागी र भूमरी « Khabarhub

मधेशमा विपत्तिको श्रृंखला : बाढी, डुबान, शीतलहर, लू, आगलागी र भूमरी


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षेनी तराईका जिल्लामा विभिन्न प्राकृतिक प्रकोपका घटना देखिने गरेका छन् । यिनै घटनालाई मधेशमा विपत्तिको श्रृंखलाः बाढी, डुबान, शीतलहर, लू, आगलागी र भूमरी शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचारका रुपमा छापेको छ ।

त्यस्तै कोसी बाढीका १० वर्ष, राहतको ३६ करोड अझै सरकारी खातामा रहेको समाचारमा जनाइएको छ । सुर्खेतका बाढीपडितको विचल्ली, पाँच वर्स वित्यो तथ्यांक संकलन भए पनि पालमुनिको बासबाट छुटकारा पाउन नसकिएको उल्लेख गरिएको छ ।

१० वर्षमा फेरिए १० प्रधानमन्त्री, सुरसरीमा फेरिए १० सिडिओ तर पीडितको दशा उस्तै रहेको समाचारमा जनाइएको छ । त्यसैगरी सिरहाको आगलागी भएको पाँच वर्ष वित्यो अझै पीडितका घर बन्न नसकेको र घरबार विहीनलाई जम्मा २५ हजारमा टारिएको उल्लेख गरिएको छ ।

यता दाङको व्यथालाई पनि ‘बखरियामा बाढी आइरहन्छ, राहत आउँदैन शीर्षकमा समाचार समेटिएको छ ।

त्यस्तै नयाँ पत्रिकाले एसइई प्रश्नपत्र प्रहरीले झिके, शिक्षकले चुहाए शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।

प्रदेश २ मा माधयमिक श्रिक्षा परीक्षाको प्रश्नपत्र सिरहास्थित इलाका प्रहरी काया्र्रलय कल्याणपुरबाट बाहिरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । १४ र १५ चैतमा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थागति गरिएको थियो ।

त्यसै पत्रिकाले कांग्रेस असन्तुष्ट जिल्ला सभापतिको भेलाको समाचारलाई पनि पहिलो पृष्ठमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर संकलन गर्ने चेतावनी शीर्षकमा समाचार छापिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ६ : ०० बजे

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन– जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ

ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण

मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली

सुत्केरी महिलामाथि घर र अस्पतालमै हिंसा : एकतिहाइभन्दा बढी पीडित

काठमाडौं– सुत्केरी तथा गर्भवती महिलामाथि घर र स्वास्थ्य संस्थाभित्रै हिंसा

सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा

काठमाडौं- गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको