गुगल क्रोममा थपिँदै यस्तो फिचर, फिसिङ साइटबाट बच्न सकिने « Khabarhub

गुगल क्रोममा थपिँदै यस्तो फिचर, फिसिङ साइटबाट बच्न सकिने


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पछिल्लो समय लोकप्रियता कमाएको गुगल सर्च इन्जिन क्रोमको नयाँ फिचरमाथि काम थालिएको छ । यो नयाँ फिचरले प्रयोगकर्तालाई फेक (फर्जी) फाराम भर्नबाट रोक्न सक्नेछ ।

गुगलमा नयाँ थपिने फिचरले फर्जी फाराम पहिल्याउनेछ र प्रयोगकर्तालाई त्यस्ता फाराम भर्नबाट रोक्नेछ ।

ह्याकरहरले नक्कली फाराम बनाइ प्रयोगकर्ताको युजरेनम र पासवर्ड पत्ता लगाउने गर्छन् । अब यस्ता खालका क्रियाकलाप पनि कम हुने अनुमान गरिएको छ ।

क्रोमको यो नयाँ फिचरले ‘फिसिङ एट्याक’बाट जोगाउने लक्ष्य लिइएको छ ।

यो फिचरलाई लागु गर्न या बन्द गर्न सकिने व्यवस्था मिलाइनेछ । फिचर प्रयोग गर्न चाहेमा इनेबल गर्नुपर्नेछ ।

गुगलले लामो समयदेखि प्रयोगकर्ताको सुरक्षालाई ध्यान दिएर यस्ता टुल निर्माण गरिरहेको छ । क्रोमको यो नयाँ फिचर अक्टोबरसम्म लञ्च गरिने जनाइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  २ : २१ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ