डाकू समूहले गरेको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु « Khabarhub

डाकू समूहले गरेको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया – अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरुको समूहले बारुदी सुरुङ बिस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ ।

नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा पैदल गस्तीमा रहेको सैनिक टोलीमाथि डाकुहरुले घेरा हालेर आक्रमण गरेको सेनाले जनाएको छ ।

सैनिक स्रोतले अरु केही सैनिक हराइरहेको जनाएको छ ।

यस क्षेत्रमा डाकाहरुको समूहले स्थानीयबासीका गाईवस्तु र अन्य धनमाल लुट्ने गरेका छन् । केही विज्ञहरुले यी डाकु समूहले इस्लामिक लडाकूसँग पनि साँठगाँठ गर्न थालेको दाबी गरेका छन् ।

लडाकू समूहका एक व्यक्तिले सेनातर्फ २३ जनाभन्दा बढीको मृत्यु भएको दाबी गरेका छन् । त्यही इलाकामा शनिबार एउटा बेवारिसे बम बिस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु हुनुका साथै छ जना घाइते भएको काट्सिना राज्यका प्रहरी प्रवक्ताले बताएका छन् । उक्त बम डाकुहरुले छाडेको हुनसक्ने प्रहरीको अनुमान छ ।

नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीको समेत गृहराज्य रहेको काट्सिनामा बहुसंख्यक नागरिक चरम गरिब छन् । यही राज्यमा पछिल्ला केही वर्षदेखि शान्ति सुरक्षाको अवस्था अत्यन्त नाजुक बनेको छ ।

नाइजेरियाली सेनाले डाकुहरुले आश्रय लिने गरेको यस क्षेत्रको विशाल जंगलमा गस्ती बढाएको छ, तर सेनाको संख्या पर्याप्त नभएको स्थानीयको गुनासो छ । बरु स्थानीयबासी स्वयंले आत्मरक्षाका लागि ससाना समूह बनाएर गाउँको सुरक्षा गर्ने गरेका छन् ।

नाइजेरियाली यी डाकु समूहले सन् २०११ देखि यता आठ हजारभन्दा बढी व्यक्तिको हत्या गरिसकेका छन् भने दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : ४१ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज