बाढीले डुङुरी जलविद्युतमा क्षति, पार्किङ गरेको जीप खोलामा फस्यो « Khabarhub

बाढीले डुङुरी जलविद्युतमा क्षति, पार्किङ गरेको जीप खोलामा फस्यो


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – डुङुरीखोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको डुङुरी पावर हाउसमा क्षति पुर्‍याएको छ । आइतबार राति आएको अविरल वर्षासँगैको डुङुरीमा रहेको पावरहाउसभित्र बाढी पसेपछि क्षति पुर्‍याएको हो ।

पावरहाउसभित्र झण्डै तीन फिट पानी जमेको छ । पावरहाउसभित्रका उपकरणमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले जानकारी दिए ।

“विद्युत गृहमा ठूलै क्षति पुगेको छ, विद्युत् सञ्चालनमा ल्याउन दुई साता बढी समय लाग्न सक्छ”, उनले भने, उपकरण के के बिग्रियो भन्ने जानकारी आएको छैन, पावरहाउसभित्रको पानी निकासका लागि डोजर र कर्मचारी खटाइएको छ ।”

उनका अनुसार दुई सय किलोवाट क्षमता रहेको डुङुरी जलविद्युत् अवरुद्ध भएपछि जिल्लामै विद्युत्मा समस्या हुने भएको छ । डुङुरीबाट उत्पादन गरिएको विद्युत् महाकाली नगरपालिकाको वडा नम्बर २, ३ व्यासलगायतका झण्डै एक हजार ५०० घरधुरीसम्म पुर्‍याइएको थियो । यो क्षेत्रमा विद्युत् अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनबाटै विद्युत् दिने तयारी गरिएको वितरण केन्द्र प्रमुख शाहको भनाइ छ ।

डुङुरी मन्दिर क्षेत्रबाट नदी सीधै पावरहाउसभित्र पसेको स्थानीय विजय ऐरीले बताए । मेशिन पूरै डुबेका छन् । भित्र प्रवेश गर्न सकिने अवस्था छैन । यस्तै पावरहाउससँगै रहेको एक पसलमासमेत बाढीले क्षति पुर्‍याएको छ । पार्किङ गरी राखिएको जीप खोलामा फसेको छ ।

खार खलङ्गा सडकअन्तर्गत पर्ने डुङुरी पावरहाउस क्षेत्रसम्म पुग्नै समस्या भएको छ । बङ्गाबगड क्षेत्रमा सडक पूरै लास्कु खोलाले बगाएपछि पावर हाउससम्म जाने बाटो अवरुद्ध भएको बताइएको छ ।

यसैगरी बाढी पहिराका कारण नौगाड गाउँपालिकाभरीका लघु जलविद्युत्मा क्षति पुगेको छ । लघुजलविद्युत्का पावरहाउस खोला किनारमा रहेका कारण पहिरा र नदी कटानको जोखिममा रहेको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ६ : २० बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज