बाढीले डुङुरी जलविद्युतमा क्षति, पार्किङ गरेको जीप खोलामा फस्यो « Khabarhub

बाढीले डुङुरी जलविद्युतमा क्षति, पार्किङ गरेको जीप खोलामा फस्यो


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – डुङुरीखोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको डुङुरी पावर हाउसमा क्षति पुर्‍याएको छ । आइतबार राति आएको अविरल वर्षासँगैको डुङुरीमा रहेको पावरहाउसभित्र बाढी पसेपछि क्षति पुर्‍याएको हो ।

पावरहाउसभित्र झण्डै तीन फिट पानी जमेको छ । पावरहाउसभित्रका उपकरणमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले जानकारी दिए ।

“विद्युत गृहमा ठूलै क्षति पुगेको छ, विद्युत् सञ्चालनमा ल्याउन दुई साता बढी समय लाग्न सक्छ”, उनले भने, उपकरण के के बिग्रियो भन्ने जानकारी आएको छैन, पावरहाउसभित्रको पानी निकासका लागि डोजर र कर्मचारी खटाइएको छ ।”

उनका अनुसार दुई सय किलोवाट क्षमता रहेको डुङुरी जलविद्युत् अवरुद्ध भएपछि जिल्लामै विद्युत्मा समस्या हुने भएको छ । डुङुरीबाट उत्पादन गरिएको विद्युत् महाकाली नगरपालिकाको वडा नम्बर २, ३ व्यासलगायतका झण्डै एक हजार ५०० घरधुरीसम्म पुर्‍याइएको थियो । यो क्षेत्रमा विद्युत् अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनबाटै विद्युत् दिने तयारी गरिएको वितरण केन्द्र प्रमुख शाहको भनाइ छ ।

डुङुरी मन्दिर क्षेत्रबाट नदी सीधै पावरहाउसभित्र पसेको स्थानीय विजय ऐरीले बताए । मेशिन पूरै डुबेका छन् । भित्र प्रवेश गर्न सकिने अवस्था छैन । यस्तै पावरहाउससँगै रहेको एक पसलमासमेत बाढीले क्षति पुर्‍याएको छ । पार्किङ गरी राखिएको जीप खोलामा फसेको छ ।

खार खलङ्गा सडकअन्तर्गत पर्ने डुङुरी पावरहाउस क्षेत्रसम्म पुग्नै समस्या भएको छ । बङ्गाबगड क्षेत्रमा सडक पूरै लास्कु खोलाले बगाएपछि पावर हाउससम्म जाने बाटो अवरुद्ध भएको बताइएको छ ।

यसैगरी बाढी पहिराका कारण नौगाड गाउँपालिकाभरीका लघु जलविद्युत्मा क्षति पुगेको छ । लघुजलविद्युत्का पावरहाउस खोला किनारमा रहेका कारण पहिरा र नदी कटानको जोखिममा रहेको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ६ : २० बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली