२५ मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए « Khabarhub

२५ मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् ।

विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को यही साउन ४ गतेसम्मको विवरणअनुसार २०६ उडानबाट ३२ हजार १६९ नेपाली विदेशबाट घर फर्किएका छन् भने आज मात्रै ५५८ नेपाली घर फर्किएका छन् ।

यीमध्ये सबैभन्दा धेरै यूएईबाट सात हजार ६१७, कुवेतबाट पाँच हजार ५४९, साउदी अरेबियाबाट पाँच हजार ४४, मलेसियाबाट तीन हजार ७३० र कतारबाट तीन हजार ६३३ स्वदेश फर्किएका छन् ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी बागमती प्रदेशका नौ हजार ८७, प्रदेश नं १ का ६ हजार ४७९, प्रदेश नं ५ का पाँच हजार ४०९, प्रदेश नं २ का पाँच हजार २११, गण्डकी प्रदेशका चार हजार १६९, सुदूरपश्चिम प्रदेशका ७९५ र कर्णाली प्रदेशका ७२२ नेपाल फर्किएका छन् ।

उद्धार उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।

एकै दिन मलेसियाबाट १६ शव ल्याइयो

मलेसियाबाट आज एकैदिन १६ शव नेपाल ल्याइएको छ । विभिन्न मुलुकबाट भइरहेको नेपालीको उद्धार उडानका क्रममा आज धेरै सङ्ख्यामा नेपालीको शव ल्याइएको हो ।

आज क्वालालम्पुरबाट भएका दुई चार्टर्ड उडानमा क्रमशः १५ र एक गरी १६ शव नेपाल आएका हुन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५ र हिमालय एयरलाइन्सले पनि क्वालालम्पुरबाटै एक शव ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो पटक साउन ३ गते चार र साउन ४ गते चार शव नेपाल ल्याइएको थियो । यसअघि विदेशमा अलपत्र नेपालीको उद्धार उडान शुरु गरेको पहिलो साता एकैदिन २५ शव नेपाल ल्याइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ५५८ नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट २५७ यात्रु तथा १५ शव ल्याएको छ भने हिमालय एयरलाइन्सले मलेसियाबाटै दुई उडानमार्फत क्रमशः १५३ यात्रु र एक शव तथा १४८ यात्रु काठमाडौँ ल्याएको छ ।

दोहा, रियाद र दमामबाट थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज त्यसतर्फ प्रस्थान गरेका विमानस्थले जनाएको छ । मङ्गलबार पनि यी दुवै एयरलाइन्सका विभिन्न गन्तव्यमा आठ उडान हुने विमानस्थलको तालिका छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : १२ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज