बन्दाबन्दीमा प्रहरीद्वारा ४१ महिलाको उद्धार | Khabarhub Khabarhub

बन्दाबन्दीमा प्रहरीद्वारा ४१ महिलाको उद्धार


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले बन्दाबन्दीका समयमा नेपाल तथा भारतका विभिन्न स्थानबाट मानव बेचविखन तथा ओसारपसारमा परेका ४१ जनाको उद्धार गरेको छ ।

ब्यूरोको टोलीले बन्दाबन्दीको समयमा विभिन्न प्रलोभनमा परेर पीडित बनेका ४१ जनालाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समन्वयनमा उद्धार गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले बन्दाबन्दीको समयमा नेपाल तथा भारतका विभिन्न स्थानमा बेचविखनमा परेका नेपाली महिलाको उद्धार गरिएको जानकारी दिए ।

प्रहरीले भारतको नयाँदिल्लीबाट सात, मनिपुर भारतबाट २१ र नेपालका विभिन्न स्थानबाट १३ महिलाको उद्धार गरेको छ ।

नवलपरासीबाट दुई, कैलालीबाट दुई, सुनसरीबाट दुई, चितवनबाट दुई, कास्कीबाट दुई, मकवानपुरबाट एक, बर्दियाबाट एक र बाँकेबाट एक महिलाको उद्धार गरेको हो ।

प्रहरीले मानव बेचविखनमा संलग्नलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम अनुसन्धान तथा कारवाही गर्ने जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : ३१ बजे

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ

एसिसी यु-१६ कप फाइनल : १२ ओभरको समाप्तिमा नेपालले लियो ६ विकेट

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन