दोलखाका ३३ घर पहिरोको उच्च जोखिममा « Khabarhub

दोलखाका ३३ घर पहिरोको उच्च जोखिममा


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको भिमेश्वर नगरपालिका–३ का विभिन्न टोलका ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् ।

भिमेश्वर नगरपालिका–३ तार्थली नागीधाराका १५ घर र तल्लो पुरानो बजार क्षेत्रका १८ घर गरी ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष हरिशरण सिवाकोटीले बताए ।

वर्षात्को समयमा बाढी पहिरोको जोखिम बढिरहेको बेला सामान्य वर्षा हुँदा पनि पहिरो गइरहने हुँदा पानी पर्दा रातभर जागै बस्नुपर्ने बाध्यता रहेको स्थानीय जलमाया थामीले बताए ।

ज्याला मजदुरी गरी जीविका चलाउँदै आएका र कम मूल्यमा घर जग्गा किनी बसेका तर भारी वर्षाका कारण दैनिक चिन्ता हुने गरेको मन्सरी थामीले बताए ।

यस क्षेत्रमा दोलखाको कालिञ्चोक र विगु गाउँपालिकाका विभिन्न क्षेत्रबाट बसाइँ सरी आएका समुदायको बसोबास रहेको छ । विसं २०७२ को भूकम्पपछि यहाँ विभिन्न क्षेत्रबाट मानिस बसाइँ सरी बसोबास गर्दै आएका छन् ।

नगर तथा वडाले पहिरो नियन्त्रणका लागि पहल तथा सहयोग गरेतापनि भिरालो जमीनका कारण बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको विकल्प नरहेको वडाध्यक्ष सिवाकोटीले बताए ।

नगरपालिका तथा वडाले पहिरो नियन्त्रणका लागि तारजाली र त्रिपाल सहयोग गरेको छ । बस्ती बसेको जमिन भिरालो रहेको र तल्लो भूभाग माथिल्लो तामाकोशीको सडक रहेको र स–साना पहिरो गइरहने समस्या भएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : ०८ बजे

प्रलोपाको अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३