बिहानैदेखि पर्न थाल्यो झरी, हिमपातको सम्भावना « Khabarhub

बिहानैदेखि पर्न थाल्यो झरी, हिमपातको सम्भावना


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन दिनसम्म लगातार मौसममा बदली र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर सबैजसो भूभागमा आंशिक दलली रहने र पूर्वी भागमा मेघ गर्जनसहित बर्षा हुने महाशाखाको अनुमान छ । काठमाडौं उपत्यकामा भने बिहानैबाट फाट्टफूट्ट वर्षा शुरु भएको छ । मौसम विभागले तराइ क्षेत्रमा हल्का हावा हुरी चल्ने सभ्भावना पनि देखाएको छ । त्यस्तै उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ।

महाशाखाले मौसमका बारेमा गरेको तीन दिने अनुमान हेर्नुहोस्
आज (शुक्रबार)
दिउँसो: देशभरका धेरैजसो भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा, पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको संभावना देखिन्छ। तराइका सिमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावाहुरी चल्ने संभावना छ। उच्च हिमाली भू-भागहरुका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।

राति: देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन साथ हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।। पुर्व र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ साथै उच्च हिमाली भू-भागहरुका केहि स्थानहरुमा हल्का हिमपातको पनि संभावना देखिन्छ।

भोलि (शनिबार ) 

दिउँसोः देशको अधिकांस भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षाको संभावना देखिन्छ। बिहानको समयमा तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ र उच्च हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।

राति: देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना देखिन्छ र तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ । उच्च हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।

पर्सी (आइतबार)

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जनसहित वर्षाको संभावना देखिन्छ। पशचिमि पहाडका थोरै स्थानमा हल्का हावाहुरी चल्ने संभावना पनि छ।

राति: देशको अधिकांस भूभागहरुमा आंशिक बदली रहनेछ । देशको पुर्वी भू-भागका १-२ स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका सिमानामा हल्का हावाहुरी चल्ने संभावना छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ८ : ०० बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन