बिहानैदेखि पर्न थाल्यो झरी, हिमपातको सम्भावना | Khabarhub Khabarhub

बिहानैदेखि पर्न थाल्यो झरी, हिमपातको सम्भावना


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन दिनसम्म लगातार मौसममा बदली र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर सबैजसो भूभागमा आंशिक दलली रहने र पूर्वी भागमा मेघ गर्जनसहित बर्षा हुने महाशाखाको अनुमान छ । काठमाडौं उपत्यकामा भने बिहानैबाट फाट्टफूट्ट वर्षा शुरु भएको छ । मौसम विभागले तराइ क्षेत्रमा हल्का हावा हुरी चल्ने सभ्भावना पनि देखाएको छ । त्यस्तै उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ।

महाशाखाले मौसमका बारेमा गरेको तीन दिने अनुमान हेर्नुहोस्
आज (शुक्रबार)
दिउँसो: देशभरका धेरैजसो भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा, पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको संभावना देखिन्छ। तराइका सिमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावाहुरी चल्ने संभावना छ। उच्च हिमाली भू-भागहरुका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।

राति: देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन साथ हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।। पुर्व र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ साथै उच्च हिमाली भू-भागहरुका केहि स्थानहरुमा हल्का हिमपातको पनि संभावना देखिन्छ।

भोलि (शनिबार ) 

दिउँसोः देशको अधिकांस भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षाको संभावना देखिन्छ। बिहानको समयमा तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ र उच्च हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।

राति: देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना देखिन्छ र तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ । उच्च हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।

पर्सी (आइतबार)

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जनसहित वर्षाको संभावना देखिन्छ। पशचिमि पहाडका थोरै स्थानमा हल्का हावाहुरी चल्ने संभावना पनि छ।

राति: देशको अधिकांस भूभागहरुमा आंशिक बदली रहनेछ । देशको पुर्वी भू-भागका १-२ स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका सिमानामा हल्का हावाहुरी चल्ने संभावना छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ८ : ०० बजे

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर