कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई डब्लूएचओको बधाई « Khabarhub

कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई डब्लूएचओको बधाई


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम देखिएपछि विश्व स्वास्थ्य संगठनले बधाई दिएको छ ।

वैज्ञानिकहरुले रोगप्रतिरोधात्मक क्षमता विकास गर्न सहयोग गर्ने गरी भ्याक्सिन परीक्षण गरेका थिए । यो भ्याक्सिनले कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमता काम गर्न सहयोग गरेको वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरुले यसलाई सकारात्मक परीक्षण भएको र अझै परीक्षणकै चरणमा रहेको बताएका छन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरसको खोप सुरक्षित रहेको समेत बताइएको छ ।

यो परीक्षण १ हजार ७७ जनामा गरिएको थियो । यो खोप चिम्पाञ्जीहरुमा रुघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार पारिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार यो खोपले सामान्य असर देखाए पनि कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलताका रुपमा हेरिएको छ ।

यो खोप परीक्षणका क्रममा ७० प्रतिशतलाई ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएको थियो । उक्त समस्यालाई प्यारासिटामोलले नै निको गरेको पनि अनुसन्धाताहरूले बताएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १२ : २४ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा