नेपालमा फेरि ठूलो भूकम्प आउनसक्ने चेतावनी (अनुसन्धान प्रतिवेदनसहित) « Khabarhub

नेपालमा फेरि ठूलो भूकम्प आउनसक्ने चेतावनी (अनुसन्धान प्रतिवेदनसहित)


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नेपालमा फेरि ठूलो भूकम्प आउन सक्ने अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । युनिभर्सिटी अफ अल्बर्टाका अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार नेपालमा फेरि ठूलो भूकम्प आउने खतरा देखिएको हो ।

नेपालमा पेट्रोलियम पर्दाको खोजीका क्रममा जमिनमा भित्रबाट फरक तरिकाको आवाज सुनिएको र टेक्टोनिक प्लेट्समा लगातार बदलाव आएको अनुसन्धानकर्ताको निष्कर्ष निकालेका छन् ।

अनुसन्धानकर्ताले नेपालको पश्चिमी क्षेत्रमा अबको भूकम्पले ठूलो क्षती व्यहोर्नुपर्ने जनाएका छन् । नेपालमा आउने भूकम्पका लागि गंगा नदीको बहाव क्षेत्रमुनि भएको परिवर्तन मुख्य जिम्मेवार रहेको इण्डियाटाइम्सले जनाएको छ ।

अल्वर्टा विश्व विद्यालयका अनुसन्धानकर्ता माइक डुवाल र उनको टोलीले नेपालको हिमालय क्षेत्रको जमिनको अध्ययन गरेको थियो । आफूहरुले जमिन भित्रको सतहमा आएको परिवर्तनलाई रेकर्ड गरेको अनुसन्धानकर्ताले बताएका छन् । भूकम्प २०७२ सालभन्दा ठूलो हुनसक्ने अनुमान उनीहरुको छ ।

डुवाल नेतृत्वको टोलीले नेपालको जमिनका विभिन्न तहको अध्ययन गरेको छ । नेपालको पहाडी क्षेत्रको जमिनको तह गंगा नदीको तहसँग जोडिएको छ । गंगा नदीको बहाव क्षेत्रमुनि ठूलो हलचल चलिरहेको र त्यसको आवाज नेपालको हिमालय क्षेत्रमा पनि सुनिएको छ ।

अनुसन्धानकर्ता डुवालले हिमालय क्षेत्रको मुनि जमिनको तह उल्झन प्रकारको देखिएको छ । यो नेटवर्कका कारण ठूलो भूकम्प आउन सक्ने र त्यो लामो समयसम्म शक्ति संचय गरेर धान्न नसक्ने अवस्थामा पुगेको उनको दावी छ ।

नेपालमा सन् २०१५ अर्थात २०७२ वैशाख १२ मा ठूलो भूकम्प आएको थियो । अनुसन्धानकर्ताले नेपालमा छिट्टै ठूलो भूकम्प जाने र त्यसले नेपालको अवस्था भयावह बनाउने दावी गरेका छन् ।

हेर्नुहोस् अनुसन्धान प्रतिवेदन

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १२ : ४९ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा