बिपी दूरदर्शी राजनेता: देउवा « Khabarhub

बिपी दूरदर्शी राजनेता: देउवा


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला सानो देशका अग्लो व्यक्तित्व तथा दूरदर्शी राजनेता भएको बताएका छन् ।

जननेता बिपीको ३८औँ पुण्यतिथिका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज जुम प्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा उनले बिपीको प्रजातान्त्रिक समाजवाद विचार आज झनै सान्दर्भिक भएको बताउँदै भने, “नेपालले आज हिंँड्ने मूल बाटो बिपीकै विचार र विश्वासको बाटो हो । उहाँको बाटो इमान्दार ढङ्गले पछ्याएर मात्रै हामी सबैले समृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ ।”

आज राष्ट्रियताका विषयमा मुलुकमा विशेष छलफल भइरहेका बेला बिपीको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावनाका साथ समाधान पहिल्याउनुपर्ने सभापति देउवाको भनाइ थियो ।

कार्यक्रममा समाजवादी चिन्तक तथा पार्टी केन्द्रीय सदस्य प्रदीप गिरीले कार्यक्रमका प्रस्तोता डा सुरेश आचार्य एवं स्वदेश र विदेशबाट जोडिनुभएका सहभागीका बिपी विचार केन्द्रित विभिन्न जिज्ञासाको उत्तर दिएका थिए । बिपी मनोवैज्ञानिक कथा र उपन्यास लेखनमा बेजोड थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १ : ४७ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा