यी बलिउड स्टार, जसमा देखियो कोरोना पोजेटिभ | Khabarhub Khabarhub

यी बलिउड स्टार, जसमा देखियो कोरोना पोजेटिभ


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका लागि सबै बराबर हो । सबै यसबाट भयभीत भइरहेका छन् ।

भारतमा दैनिक हजारौंको संख्यामा कोरोना भाइरसका बिरामी थपिएका छन् । कतिपय बलिउड सेलिब्रेटी, काम गर्ने स्टाफमा पनि कोरोना भाइरस पुष्टि भएको छ । यी बलिउड सेलिब्रेटीमा कोरोना पोजेटिभ देखिएको छ:

अमिताभ बच्चन

बलिउडका महानायक भनिने अमिताभ बच्चनमा कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

अमिताभले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानलाई धन्यवाद दिएका छन् । फ्यानले अमिताभको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।

अभिषेक बच्चन

अमिताभ बच्चनका छोरा अभिषेक बच्चनमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । अभिषेकले आफूमा पनि कोरोना संक्रमण भएको ट्वीटमार्फत जानकारी दिएका थिए ।

ऐश्वर्या राय बच्चन

अभिनेत्री ऐश्वर्या रायमा पनि कोरोना पोजेटिभ देखिएको छ । साथै उनकी छोरी आरध्यामा पनि कोरोना पोजेटिभ देखिएको छ । शुरुमा दुवैजना होम क्वारेन्टिनमा थिए ।

पछि उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

राजु खेर

अनुपम खेरका भाइ राज खेरमा पनि कोरोना पोजेटिभ देखिएको छ । साथै उनकी पत्नीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । यी दुवैलाई अस्पतालमा भर्ना गरिएको छ ।

पुरब कोहली

बलिउडकर्मी पुरब कोहलीको परिवारमा पनि कोरोना भाइरस देखिएको छ । उनले सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना संक्रमित भएको बताएका थिए ।

करीम मोरानी

फिल्म निर्माता करीम मोरानी पनि कोरोना भाइरसको शिकार बने । उनीसहित र्दु छोरा जोया र शाजा मोरानीमा पनि कोरोना देखिएको थियो । पछि निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

कनिका कपूर

गायिका कनिका कपूरमा पनि कोरोना पोजेटिभ देखियो । उनी बलिउडकी पहिली कोरोना पोजेटिभ हुन् ।

लण्डनबाट भारत आउने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनले भारतमा आएर पार्टीमा सहभागी जनाएका कारण पनि उनको विरोध भएको थियो ।

कोरोनाका कारण अस्पताल भर्ना भएकी उनी निको भएर घर फर्किसकेकी छिन् ।

यसका अलावा दक्षिण भारतीय अभिनेता ध्रुव सरजा र उनकी पत्नी, त्यस्तै ऐश्वर्या अर्जुनमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

अभिनेता आमिर खानका स्टाफमा पनि कोरोना भाइरसको संक्रमण भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ५ : २१ बजे

सुमनाले भनिन्‌, ‘म मन्त्री हुन लागेको होइन’

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा सहभागी

प्रधानमन्त्रीलाई उपप्रमुख डंगोलको सुझाव : जेन–जीलगायतको भावना अनुरूप काम गर्नुहोला

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई

देउवामाथिको हातपात जघन्य अपराध, भौतिक संरचना जलाएर कांग्रेसको विचार मर्दैन : डा. शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा उत्पन्न पछिल्लो

नयाँ सरकार गठनसँगै जनजीवन सामान्य बन्दै (तस्बिरहरू)

काठमाडौं– मुलुकमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन

बन्दुकको बलमा गणतन्त्रको हत्या गरियो : भुपेन्द्रजंग शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले षड्यन्त्रको  चक्रव्यूह रचेर