सांसद साहको निर्देशनमा दिपही र विजयपुर बजारमा सडक विस्तार « Khabarhub

सांसद साहको निर्देशनमा दिपही र विजयपुर बजारमा सडक विस्तार


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर- रौतहटको दुई ठूला व्यापारिक रणनीतिका सडक विस्तारको काम भएको छ ।

जयनगरबाट मौलापुर हुँदै वीरगन्जसम्म जोड्ने सडक खण्डको दिपही बजार तथा गौरबाट बंकुल हुँदै निजगढसम्म जोड्ने सडक खण्डको विजयपुर बजारमा सडक विस्तार गरिएको हो ।

उक्त सड़कलाई फराकिलो बनाउन रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अनुगमनको क्रममा ठेकेदार र सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएका थिए ।

सांसद साहले सडक छेउमै रहेका भौतिक संरचना भत्काएर सहयोग गरिदिनका लागि स्थानीयलाई आग्रह गरेपछि स्थानीयले पनि गम्भीरता देखाएकोलि सडक ५० फिट फराकिलो सम्भव भएको हो । सडक फराकिलो बनाउन तीन तल्ले भवन समेत भत्काउनु परेको थियो ।

“यो दुई ठाउँमा राज्यले मुआब्जा दिएर पनि भौतिक संरचना भत्काउन सक्ने स्थिति थिएन । सांसद साहप्रति जनताको बिश्वासको कारणले मात्र उहाँको सामान्य निर्देशनको आधारमा वर्षौँदेखी बनाइएको दुई/तिन तल्ले पक्की घरहरू आफ्ना स्वेच्छाले भत्काउन सम्भव भएको हो ।” निर्माण कार्यमा लागेका संतोष साहले बताए ।

उक्त रणनैतिक सडक खण्डको महत्वपुर्ण स्थानमा वर्षौँ देखी बनाइएको दुई, तिन तल्ले पक्की घरहरू भत्काएर चौडा गर्ने कार्य साहसिक एवं नमुनायोग्य रहेको सांसद साहले बताए । स्थानीय संगसंगै सबै दलका स्थानीय स्तरका नेताले दलभन्दा माथि उठेर सहयोग गर्नु सराहनीय रहेको सांसद साहले बताए ।

उक्त कामका लागि स्थानीयले समेत अग्रसरता देखाएकोमा सांसद साहले धन्यवाद दिएका छन् । रणनीतिक महत्वको उक्त सडक सांसद साहकै पहल एवम् नेतृत्वमा कालो पत्रको कार्य भइरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : ४६ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन