३६ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक | Khabarhub Khabarhub

३६ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सो सडकको चारकिलोमा पहिराले ६० मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरलगायतका साधनले पहिरो पन्छाइएको उहाँले जानकारी दिनुभयो । सोमबार दिनभर वर्षा र पहिरो खसिरहेपछि काम गर्न सकिएको थिएन ।

आज बिहानबाट पहिरो पन्छाउने काम थालिएको थियो । पहिरो खसेको ठाउँ नारायणगढबाट ३१ दशमलव पाँच किलोमिटर मुग्लिनतर्फ पर्दछ ।

सो ठाउँ इच्छाकामना गाउँपालिका–६ हो । सो सडकको पहिरो खस्ने अन्य ठाउँ मर्मतसम्भार गरिएको भए पनि त्यस ठाउँमा काम गर्न शुरु गर्दागर्दै पहिरो खस्न थालेको हो ।

यसअघि पनि त्यही पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सो सडक अवरुद्ध हुँदा धेरै सवारीका साधन रोकिएका थिए । सडक एकतर्फी खुलेसँगै सवारीहरु गन्तव्यतर्फ लागेका छन् । राजधानी काठमाडौँतर्फ जाने सवारी भने अगाडि पृथ्वी राजमार्गमा पुगेर रोकिने भएका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : ५७ बजे

अधोगति लागेको बोइङलाई कतारको राहत

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति र हवाइजहाजसँग जोडिएका समाचार निरन्तर

आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आफ्नो आलोचना

‘ओ‌लीको विकल्प खोजेको होइन, विधि कुल्चिएर गरिने व्यक्तिपूजाले एमाले बिग्रियो’

बाजुरा- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र विधि

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सरकारलाई राजश्वसमेत बुझाउँदैन

सुर्खेत– माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको काम नेपाल सरकार र भारतीय