सवारीसाधनमा जोर-बिजोर प्रणाली हट्यो | Khabarhub Khabarhub

सवारीसाधनमा जोर-बिजोर प्रणाली हट्यो


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको सरकारले घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको जानकारी दिएका हुन् ।

उनले भने, ‘सार्वजनिक यातायात नियमित रूपमा चल्ने भएका छन् । त्यस्तै, निजी सवारी साधनहरू पनि जोरबिजोर बिना नै चल्ने भएका छन् ।’

अब भोलिदेखि नै सबै नम्बर प्लेटका गाडी गुड्न पाउनेछन् । सरकारले यसअघि लकडाउन खुकुलो गर्ने क्रममा उपत्यकामा जोर दिनमा जोर नम्बरका र बिजोर दिनमा बिजोर नम्बरका गाडी चलाउन दिने निर्णय गरेको थियो ।

यसैगरी सरकारी कार्यालयमा लागू गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरिएको उनले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ८ : ०४ बजे

‘ओ‌लीको विकल्प खोजेको होइन, विधि कुल्चिएर गरिने व्यक्तिपूजाले एमाले बिग्रियो’

बाजुरा- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र विधि

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सरकारलाई राजश्वसमेत बुझाउँदैन

सुर्खेत– माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको काम नेपाल सरकार र भारतीय

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : प्रचण्ड 

अत्तरिया– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

प्राधिकरणका प्रवक्ता भन्छन्- भारतबाट ढल्केबरमा जोडिने लाइनमा फल्ट देखियो

काठमाडौं- बिहीबार साँझ संघीय राजधानी काठमाडौंसहित देशका पूर्वी र मध्यभागका