पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध | Khabarhub Khabarhub

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पहिरोले अबरुद्ध भएको करिव ३६ घण्टापछि एकतर्फी सुचारु भएको नारायणगढ मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

सोमबार बिहान करिब ५ बजेतिर चार किलो नजिक खसेको पहिरोले अबरुद्ध सडक खण्ड बेलुका ५ बजेतिर एकतर्फी सुचारु भएको थियो ।

सडक खुलेको चार घण्टामा नै पन्ध्र किलो नजिक ठूलो पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

माथिबाट ढुङ्गा खसिरहेकोले अहिले पहिरो हटाएर सडक सुचारु गराउने सम्भावना न्यून रहेकोले उक्त सडकखण्डमा यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

दुइदिन देखि अविरल परेकाे भारी वर्षाले देशका विभिन्न राजमार्गहरू अवरूद्ध भएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ४७ बजे

हलिउड फिल्मको गुणस्तर घटेको ज्याकी च्यानको खुलासा

काठमाडौं – एक्शन सुपरस्टार ज्याकी च्यानले आधुनिक हलिउड फिल्मको गुणस्तरमा

रोकिएन कालीगण्डकी दोहन

बागलुङ – बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ।

सप्तकोसी पानीको बहाव बढ्यो : १९ ढोका खुला

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौं – आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ ।

आजको मौसम पूर्वानुमान : तराई र पहाडी भागमा भारी वर्षा

काठमाडौं – मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई