आजदेखि अन्त्य भयो लकडाउन, थाहा पाउनोस् अब के के गर्न पाइन्छ « Khabarhub

आजदेखि अन्त्य भयो लकडाउन, थाहा पाउनोस् अब के के गर्न पाइन्छ


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन आजदेखि हटेको छ ।

लकडाउन हटेसँगै चहलपहल बढेको छ । तर, अझै पनि केही प्रतिबन्धहरू कायमै गरिएकाले चैत्र ११ पूर्वकोजस्तो सामान्य अवस्था भने अझै आइसकेको छैन ।

लकडाउन अन्त्य भएसंगै निजी सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली अन्त्य भएको छ भने आजदेखि कार्यालयहरू नियमित रूपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्दैछन् ।

साउन १५ देखि होटल रेस्टुरेन्ट, ट्रेकिङ व्यवसाय खुल्ने भएका छन्। तर, रेस्टुरेन्टहरुमा पार्टी  र जमघट भने गर्न नपाइने सरकारले निर्णय गरेको छ।

यस्तै, विद्यालय तथा कलेजमा हुने नियमित पठन–पाठन, समूहमा हुने खेलकुदका गतिविधि, सिनेमाहल, जीम हल, सैलुन, पुस्तकालय, धार्मिक स्थल लगायतका क्षेत्रहरू पनि बन्द नै रहनेछन्।

यसैगरी भदौ १ गतेदेखि लामो, मध्यम तथा छोटो दूरीका सवारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य सुरक्षा सजगता अपनाएर सञ्चालन गर्ने निर्णय भएको छ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ७ : ५५ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु