लकडाउन अन्त्य सरकारको अपरिपक्व निर्णय : डा. पाण्डे | Khabarhub Khabarhub

लकडाउन अन्त्य सरकारको अपरिपक्व निर्णय : डा. पाण्डे


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले सरकाले हटाएको लकडाउन अपरिपक्व निर्णय भएको जनाएका छन् ।

कोरोना संक्रमणको समुदायमा व्यापक परीक्षण गरेर वास्तविक अवस्था थाहा नपाइ गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व भएको उनले बताए ।

ब्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउने भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

देशका करिव ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्याका लगायत सहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण ब्यापक फैलिएको तथा नेपालसँग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण भएको उनको तर्क छ ।

परीक्षण गर्दै चरणबद्ध रुपमा लकडाउनको व्यवस्थापन गर्नुपर्नेमा विज्ञसंग पर्याप्त छलफल नगरि लकडाउन खोल्दा समुदायमा कोरोना संक्रमण फैलिने डर रहेको उनले बताएका छन् ।

सिमाना प्रभावकारी ढंगले शिल नगर्ने हो भने भारतबाट धेरै संक्रमित नेपाल प्रवेश गर्ने खतरा विद्यमान रहेको उनको भनाइ छ ।

हामी आम नागरिकले सकभर घरमै बस्ने, घरबाहिर निस्कँदा सही तरिकाले मास्क लगाउने, भीडभाडमा नजाने, बाटो, चोक, पसल, अफिस लगायत सबै ठाउँमा घटीमा ६ फिटको दूरी कायम गर्ने, आवश्यकता अनुसार चस्मा तथा पन्जाको प्रयोग गर्ने, भोजभतेर नगर्ने, सुरक्षित तरिकाले घरमै चाडपर्व मनाउने लगायतका सुझाव दिएका छन् ।

चैत ११ गतेदेखि जारी लकडाउन सरकारले मंगलबार रातिबाट लागू हुनेगरी अन्त्य गरेको हो।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : १२ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको