पहिरोले बाजुराको बजेडीको बस्ती नै जोखिममा | Khabarhub Khabarhub

पहिरोले बाजुराको बजेडीको बस्ती नै जोखिममा


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – पहिरोले बाजुराको बूढीगङ्गा नगरपालिका–२ बजेडीको सिङ्गो बस्ती नै विस्थापित हुने जोखिम बढेको छ ।

दुई दशकदेखि पहिरोको उच्च जोखिममा रहेको उक्त बस्तीको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै विस्थापित हुने जोखिम बढेको हो ।

एक सय ३५ परिवार बस्ने सिङ्गो गाउँ नै पहिरोको जोखिममा रहेको छ । तीमध्ये २० परिवार विस्थापित नै भइसकेका छन् । उनीहरू गाउँमा रहेको विद्यालयको खुला चौरमा पाल टाँगेर बस्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।

विसं २०५० साल पहिलेदेखि पहिरो बग्न थालेको बजेडीगाउँमा यो वर्ष झनै जोखिम देखिएको छ । दर्जनौँ परिवार विस्थापित बने पनि बीचमा केही वर्ष पहिरो सामान्य रोकिएको थियो ।

तत्काल अर्को विकल्प नरोजे ठूलो क्षति हुने अनुमान गरिएको छ । स्थानीयवासीले रातभर जाग्राम बसेर रात बिताउने गरेका छन् । चारैतिर पहिरो र पानी मात्र बग्ने गरेको हुँदा राति निद्रा नै पर्न छोडेको गुनासो स्थानीयवासीको छ ।

उसो त जिल्लाको ६० प्रतिशत बढी भूगोल पहिरोको उच्च जोखिममा छ भने अधिकांश बस्ती मानव बस्तीका लागि योग्य नै नभएको भूगर्भविद्को रिपोर्ट छ । एकीकृत बस्ती विकास गर्न भइरहेको ढिलाइले यहाँका स्थानीयवासीले भयभित वातावरणमा जीवन बिताउन बाध्य छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ९ : ४१ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली