हाम्रो पात्रोको ध्यानाकर्षण « Khabarhub

हाम्रो पात्रोको ध्यानाकर्षण


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनलाइन मिडिया ‘हाम्रो पात्रो’मा समाचार पोर्टल सूचिकृत गरिदिन्छु भन्दै केही व्यक्तिले विभिन्न सञ्चार गृहसँग रकम उठाएको विषयले गम्भीर ध्यानाकर्षण भएको हाम्रो पात्रोले जनाएको छ ।

हाम्रो पात्रोले एक ध्यानाकर्षणपत्र जारी गर्दै सञ्चारगृहसँग वा अनलाइन सञ्चारगृहका आधिकारीक व्यक्तिसँग रकम माग गरेको र केही एकाध सञ्चारगृहसँग रकम समेत उठाएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘कुनैपनि सञ्चारगृहसँग वा सञ्चारगृहका अनलाइन मिडिया हाम्रो पात्रोमा राख्नका लागि कुनैपनि शुल्क लाग्दैन । शुल्क सहितको मिडिया सूचिकरणको अभ्यास हामीले गर्ने गरेका छैनौ । मिडिया सम्बन्धि छलफल तथा सहकार्यका लागि हाम्रो पात्रोका संस्थापक अध्यक्ष शंकर उप्रेती तथा प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटा बाहेक कुनै अर्को तेस्रो व्यक्ति अझसम्म तोकिएको छैन ।’

‘यदि तपाईंलाई ‘म/हामी हाम्रो पात्रोमा तपाईंको पोर्टल राखिदिन्छु’भनि कसैले कुनै रकम माग गरेको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् र सम्भावित ठगीबाट बच्नुहोस् । हाम्रो नाममा कुनैपनि किसिमका अनाधिकृत नगदको लेनलेन गरेर पर्ने आर्थिक तथा व्यवसायिक अप्ठेरोका लागि हाम्रो पात्रो जिम्मेवार हुनेछैन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

त्यस्तै हाम्रा पात्रोले मिडियामा सहकार्यमा गर्ने गरेको अभ्यासमा प्रत्यक्ष तथा अप्रत्यक्ष कुनैपनि किसिमको आर्थिक लेनिदेनि नभएको र तत्काल नयाँ सूचना जारी नहुञ्जेल र पुराना अनुरोधमा रहेका सञ्चारगृह बाहेक नयाँ अनलाइन मिडिया सूचिबद्ध गर्ने कार्य पनि बन्द गरिएको जनाएको छ ।

हाम्रो पात्रोको नाममा कसैसँग आर्थिक लेनदेनमार्फत अनलाइन मिडिया दर्ताका लागि कसैसँग कारोबार गर्दै गर्नु नितान्त ठगि भन्दै यस कारोबारमा संलग्न हुनेसँग अमेरिकास्थित हाम्रो पात्रोको मुख्य कार्यालय Hamro Patro Inc, अथवा नेपालस्थित Smart Ideas Pvt. Ltd. जिम्मेवार नहुने बताएको छ ।

साथै बुद्धनगर-१०, काठमाण्डौमा रहेको “स्मार्ट आइडियाज प्रा. लि.” बाहेक हाम्रो पात्रोको कुनैपनि स्वरुपको कार्यालय (सम्पर्क/कर्पोरेट/मार्केटिङ) नेपालमा अन्त कतै नरहेको समेत जानकारी गराएको छ । बजार सम्बन्धका विषयमा हाम्रो पात्रोका प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटालाई सम्पर्क गर्न पनि हाम्रो पात्रोले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १२ : ५६ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने