पुष्पलालको सपना साकार पारेको प्रधानमन्त्री ओलीको दाबी | Khabarhub Khabarhub

पुष्पलालको सपना साकार पारेको प्रधानमन्त्री ओलीको दाबी


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन अहिले एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली वक्तव्य जारी गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले पुष्पलालको साङ्गठनिक राजनीतिक चाहनालाई आफूहरुले साकार बनाएको बताए।

‘‘विभाजित कम्युनिष्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबुत भएको छ, पार्टीले करीब दुईतिहाइ बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ’’, उनले भने, “पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो हामीले धेरै हदसम्म पूरा गरेका छौं।”

प्रधानमन्त्री ओलीले अहिले नेकपाको सरकार समानता र समृद्धिका लागि अघि बढिरहेको भन्दै पुष्पलालको सपना साकार पार्ने बाटोमा सरकारले महत्वपूर्ण काम गरेको समेत वक्तव्य मार्फत बताएका छन्।

प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली वक्तव्यमा पुष्पलालकै अगुवाइमा कम्युनिष्ट आन्दोलनको संस्थागत थालनी, समाजको तत्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र सङ्गठनको स्थापना भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  २ : ५३ बजे

सबै माओवादी नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ

सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ

उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी