साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता « Khabarhub

साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद – बिरामी भएर अस्पतालमा उपचार गराइरहेका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गरेका छन् ।

साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालमा भर्ना भएका थिए । राजा सल्मानका लागि अस्पतालमा विशेष कक्षको व्यवस्था पनि गरिएको छ जहाँ भर्चुअल बैठकका लागि आवश्यक विद्युतीय सामग्रीहरुको प्रबन्ध गरिएको छ ।

राजा सल्मानले आफ्नो स्वास्थ्यप्रति सदभाव दर्शाउने सबैप्रति आभार प्रकट गरेको पनि एसपिएले जनाएको छ ।

मन्त्रिपरिषद बैठकमा मक्कामा हुने आगामी हज तिर्थयात्राको व्यवस्थापनका बारेमा छलफल भएको थियो । कोरोनाभाइरस महामारीका कारण यस वर्ष हज तिर्थयात्रामा सहभागी हुनेहरुको संख्यामा व्यापक कटौती गरिएको छ ।

साउदी अधिकारीहरुले साउदी अरेबिया निवासी करिब एक हजार व्यक्तिलाई मात्र मक्का प्रवेशको अनुमति दिइने यसअघि प्रस्ताव गरेका थिए । तर हाल यसमा संशोधन गरी करिब १० हजारलाई हजको अनुमति दिइन लागेको साउदी संचार माध्यमहरुले जनाएका छन् ।

विगतमा विश्वभरबाट हरेक वर्ष करिब २५ लाख व्यक्तिले मक्कामा हज गर्ने गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ५७ बजे

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन