अमेरिकामा ७.८ म्याग्‍निच्यूडको भूकम्प, सुनामीको चेतावनी « Khabarhub

अमेरिकामा ७.८ म्याग्‍निच्यूडको भूकम्प, सुनामीको चेतावनी


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा बुधबार ७.८ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकाको अलास्का राज्यमा त्यहाँको स्थानीय समय अनुसार समयानुसार बिहान १० बजेर १२ मिनेटमा भूकम्प गएको हो।

शक्तिशाली भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ। अमेरिकी भूगर्भ सर्भेले पृथ्वीको सतहभन्दा १० किलोमिटर तल केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको छ।

भूकम्पपछि त्यहाँको अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अलास्काको तटीय क्षेत्रमा सुनामी आउन सक्ने जनाएको छ। उक्त चेतावनीपछि केही वस्तीमा सञ्‍चारमाध्यम, सामाजिक सञ्जालसहितबाट सचेत गराइएको छ।

स्थानीयस्तरमा सुनामीको चेतावनीसहित साइरन पनि बजाइएको छ। सुनामी चेतावनी केन्द्रले सुनामीको सम्भावित स्थानमा दक्षिण अलास्कासहितका क्षेत्र रहेका जनाएको छ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ३० बजे

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५

चीन-जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास

एजेन्सी– युक्रेनमा रुसको युद्ध र व्यापारिक मतभेदका बाबजुद चीनका राष्ट्रपति

स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल

काठमडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

चुनावको मुखमा रास्वपा जिल्ला सभापति नै कांग्रेसतिर

नवलपरासी – चुनाव आउन केही दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय