प्रदर्शन नरोकिएपछि विभिन्न शहरमा संघीय सुरक्षा फौज परिचालन गर्ने ट्रम्पको घोषणा « Khabarhub

प्रदर्शन नरोकिएपछि विभिन्न शहरमा संघीय सुरक्षा फौज परिचालन गर्ने ट्रम्पको घोषणा


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अश्वेत नागरिक जर्ज फ्लोइडको हत्याको विरोधमा सुरू भएका प्रदर्शन २ महिना पुग्दा पनि नरोकिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सुरक्षा फौज खटाउने घोषणा गरेका छन् ।

डेमोक्र्याटिक पार्टीको सत्ता रहेका शहरहरूमा हिंसा भड्किएको आरोप लगाएका ट्रम्पले अपराध नियन्त्रणका लागि संघीय सुरक्षाफौजसहितको ‘अपरेशन लेजेन्ड’ घोषणा गरेका छन् ।

शिकागो र डेमोक्र्याटको सत्ता रहेका अरु दुई शहर ट्रम्पहरूमा तत्कालै ‘अपरेशन लेजेन्ड’ परिचालन हुने उनले बताएका छन् ।

ओरेगन पठाइएका सङ्घीय सुरक्षा अधिकारीहरूले प्रदर्शनहरू भइरहेको पोर्टल्याण्डमा ‘उत्कृष्ट काम गरेको’ बताउँदै उनले प्रदर्शन भएका प्रमुख शहरहरूमा पनि संघीय सुरक्षाफौज पठाउने गत सोमबार नै चेतावनी दिएका थिए।

स्थानीय अधिकारीहरूले भने सङ्घीय अधिकारीहरूले खासै राम्रो काम गर्न नसकेको र, अवस्था झन् खराब बनाएको बताउँदै आएका छन्।

राज्यस्तरका नेताहरूले पोर्टल्याण्डबाट सङ्घीय सुरक्षा अधिकारीलाई हटाउन ट्रम्पसमक्ष माग गरेका थिए।

ट्रम्पको घोषणाअनुसार अब न्यूयोर्क, सिकागो, फिलडेलफिया, डेट्रोइट, बल्टिमोर र ओकल्याण्डमा संघीय अनुसन्धान व्युरो (एफबीआई), मार्शल सर्भिससहितका अरु संघीय एजेन्सीका सुरक्षाकर्मी तथा अधिकारीहरु सामेल ‘अपरेशन लेजेन्ड’ परिचालन हुनेछ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा पुनः निर्वाचित हुने प्रयासमा रहेका ट्रम्पले ‘ल एण्ड अडर’ लाई आफ्नो चुनावी अभियानको प्रमुख सहाराका रुपमा लिएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ०७ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले