कोरोना संक्रमितमा नयाँ लक्षण, बिरामीको मुख पनि परीक्षण गर्न माग (अध्ययन रिपोर्टसहित) « Khabarhub

कोरोना संक्रमितमा नयाँ लक्षण, बिरामीको मुख पनि परीक्षण गर्न माग (अध्ययन रिपोर्टसहित)


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको ब्यापकता जसरी बढ्दैछ, त्यसरी नै यसका लक्षणहरू पनि थपिंदै गएका छन ।

स्पेनको मेड्रिडस्थित रामोन वाइ केजल युनिभर्सिटी हस्पिटलका विशेषज्ञहरूले कोरोना संक्रमित बिरामीमा नयाँ लक्षण फेला पारेका छन ।

उनीहरूका अनुसार, मुखभित्र माथिल्लो भागमा घाउ या स–साना रातो रंगका थोप्लाहरू कोरोना भाइरसको लक्षण हुनसक्छ । जामा डर्मेटोलोजी जर्नलमा प्रकाशित शोधपत्रका अनुसार, अनुसन्धानकर्ताहरूले ३० मार्च देखि ८ अप्रिलसम्म २१ जना कोरोना संक्रमित बिरामीहरूमा अध्ययन गरेका थिए ।

४० देखि ६८ बर्ष उमेरका ती कोरोना संक्रमित विरामीहरूमा गरिएको अध्ययनबाट यो नयाँ तथ्यको खुलासा भएको हो । अध्ययनमा सहभागी गराइएका २१ मध्ये ६ जना विरामीको मुखभित्र तालुमा रातो रंगका थोप्लाहरू देखिएका थिए ।

ती थोप्लाहरू नाक हुँदै घाँटीको भित्री भागसम्म फैलिएका थिए । यो नयाँ तथ्यको खुलासा भएसंगै कोरोना संक्रमित विरामीहरूको मुखको पनि परीक्षण गर्न आवश्यक रहेको चिकित्सकहरूले बताएका छन ।

तर अहिले प्रचलित उपचार पद्धतिमा कोरोना संक्रमित विरामीको मुखको परीक्षण गरिँदैन । मुखको भित्री भागमा देखिएको यो लक्षणबाट कोरोना संक्रमण फैलिने गति तीव्र हुने भन्दै यो विषयलाई कुनैपनि शर्तमा नजरअन्दाज गर्न नहुने चिकित्सकहरूले सुझाव दिएका छन ।

यो तथ्यलाई मध्यनजर गर्दै कोरोना संक्रमित विरामीको उपचार प्रोटोलमा नाक, कान, घाँटी (ईएनटी) विशेषज्ञलाई पनि सहभागी गराउनु पर्ने रामोन वाइ केजल युनिभर्सिटी हस्पिटलका डा. जुआन जिमेनेज नेतृत्वको टोलीको ठहर छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ३ : ०१ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा