प्रचण्डको सचिवालयले नेता शर्मामाथि गरिएको आशंकाको गर्‍यो खण्डन « Khabarhub

प्रचण्डको सचिवालयले नेता शर्मामाथि गरिएको आशंकाको गर्‍यो खण्डन


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनार्दन शर्मासँग जोडिएर आएका समाचारमा सत्यता नभएको स्पष्ट पारेको छ।

बिहीबार दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले विज्ञप्ति जारी गर्दै शर्मा पार्टी एकताकै पक्षमा रहेर प्रचण्डलाई सहयोग गरिरहेको दाबी गरेका छन्।

जुगलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ। अहिलेको पार्टी भित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो। कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछौं।’

दाहालको सचिवालयले मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप निन्दनीय छ भएको जनाएको छ ।

‘वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषताहरु हुन् । तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ६ : २० बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ