पूर्वडीआइजी कोइरालालाई जेलमुक्त गराउने फैसलाविरूद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता « Khabarhub

पूर्वडीआइजी कोइरालालाई जेलमुक्त गराउने फैसलाविरूद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वडीआइजी रञ्जन कोइरालालाई जेलमुक्त गराउने सर्वोच्च अदालतको फैसलाविरूद्ध सरकारी वकिलले पुनरावलोकन निवेदन दर्ता गरेका छन् ।

पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर कोइराला बिहीबार जेलमुक्त भएकै दिन सर्वोच्चको उक्त फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएका हुन् ।

महान्यायाधिवक्ता अग्नि खरेलका अनुसार कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकन निवेदन दिएका हुन् ।

प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार छुटेका थिए।

कोइरालाले पत्नी गीता ढकाल कोइरालाको हत्या गरी बोरामा राखेर मकवानपुरको टिस्टुङमा लगेर जलाएका थिए । सोही अभियोगमा उनी जेल परेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ७ : २४ बजे

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको