बारपाकमा पहिरोले ६९ घरपरिवार विस्थापित, ६ विद्यालयमा क्षति « Khabarhub

बारपाकमा पहिरोले ६९ घरपरिवार विस्थापित, ६ विद्यालयमा क्षति


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ६९ घरपरिवार विस्थाापित भएका छन् ।

गाउँपालिकाको वडा नं १ र २ बाहेकका सबै वडाका गरी पहिरोका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

लगातारको वर्षापछि आएको पहिरो वडा नं ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार घरपरिवार विस्थापित भएको उनले जानकारी दिए । त्यस्तै वडा नं ४ को जौवारी, जेडाँडा र अर्चलेकालगायतका स्थानका १० घरपरिवार पहिरोका कारण विस्थापित भएका अध्यक्ष भट्टको भनाइ छ ।

पहिरोका कारण वडा नं ५ को पतेनाबारी र डुम्रेका चार घरपरिवार, वडा नं ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नं ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरी १८ घरपरिवार विस्थापित भएको उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नं ८ को तीनखण्डे, जराङलगायतका स्थानका १९ घरपरिवार पहिरोले विस्थापित भएका छन् ।

निरन्तरको वर्षापछि आएको पहिरोले गाउँपालिकाभित्रका ६ वटा विद्यालयमा क्षति पुगेको उनले बताए ।

पहिरोले वडा नं ६ ताकुकोटमा रहेको सूर्यज्योति माध्यामिक विद्यालय र मनास्लु आधारभूत विद्यालय बहकोटको भवनमा क्षति पुगेको उनले बताए ।

त्यस्तै वडा नं ४ सौरपानीमा रहेको मूलदेवी आधारभूत विद्यालय, हिमालय माध्यामिक विद्यालय, वडा नं २ बारपाकस्थित कन्यादेवी आधारभूत विद्यालय, वडा नं ३ शिम्भुमा रहेको शिव आधारभूत विद्यालयमा पनि पहिरोले क्षति पुर्‍याएको उनले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ७ : ३७ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै