नयाँ प्रधानमन्त्री चुनौँ, अपराधको संरक्षण गर्ने न्यायाधीशमाथि  महाअभियोग लगाऔँ : बाबुराम भट्टराई | Khabarhub Khabarhub

नयाँ प्रधानमन्त्री चुनौँ, अपराधको संरक्षण गर्ने न्यायाधीशमाथि  महाअभियोग लगाऔँ : बाबुराम भट्टराई


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले  संसद अधिवेशन बोलाएर नेकपाबाट नयाँ प्रधानमन्त्री चुन्न तथा अपराधका संरक्षक न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाबाटै अर्को प्रधानमन्त्री पर्ने उल्लेख गरेका छन्।

श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्को आलोचना भइरहेका बेला भट्टराईले अपराधको संरक्षण गर्ने न्यायाधीशलाई पनि महाअभियोग लगाउन पर्ने माग गरेका छन् ।

यस्तै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जानुपर्नेसमेत बताएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ९ : २२ बजे

उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी

सेवा विस्तार गर्दै जीपी कोइराला अस्पताल

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

उपत्यकाका मेयर्स फोरमले गर्‍यो पुनः निर्माणका लागि ६ करोड दिने घोषणा

काठमाडौं– उपत्यकाका मेयर्स फोरमले क्षतिग्रस्त संरचना पुन निर्माणका लागि ६ करोड

काज सरुवाको निर्देशन दरबन्दी शिक्षकमा मात्रै लागू हुने

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत