वर्षायाममा हुने आँखाको संक्रमणबाट यसरी बच्नुहोस् | Khabarhub Khabarhub

वर्षायाममा हुने आँखाको संक्रमणबाट यसरी बच्नुहोस्


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वर्षाको मौसममा बाहिरी खाना वा भिज्नबाट सबैले बच्ने कोशिस गर्दछ । तर यस मौसममा हुने असावधानीले भने हाम्रो आँखालाई भने नराम्रो असर पार्दछ ।

वर्षाको मौसममा आर्द्रता बढ्ने गर्दछ जो आँखाको संक्रमणको मुख्य कारण बनिदिन्छ । आँखाका बिषयमा हुने यो असावधानी बालबालिकाका लागी भने बढि खतरनाक हुन्छ ।

वयस्कको तुलनामा बालबालिकामा कम प्रतिरक्षा क्षमता हुने भएकाले संक्रमणको जोखिम उच्च रहन्छ । यस्तोमा बालबालिकाको आँखामा हुने सामान्य संक्रमणमा कन्जेक्टिवायटिस (नेत्रश्लेष्मलाशोथ) र आँखाको एलर्जी हुने गर्दछ ।

हुनत यस प्रकारको संक्रमण गराउने अन्य कारण पनि हुने गर्दछन् । जसमा ब्याक्टेरिया वा भाइरल संक्रमण जस्ता साधारण रुघा, फ्लू वा बारम्बार आँखा कन्याउनु पनि हो ।

तथापी यस प्रकारको संक्रमण वर्षाको कारणले नै हुने गर्दछ । यस्तोमा अभिभावकले विशेष सावधानी अपनाउन आवश्यक हुन्छ । अभिभावकले आफ्ना बालबालिकाको आँखामा हुने संक्रमणबाट बचाउन निम्न कुरामा ध्यान दिनु पर्दछ ।

१. बारम्बार हात धुने
बच्चाहरु जान अन्जानमा कैयो प्रकारका सतहलाई छोएर त्यहि हातले अनुहार र आँखा छुने गर्दछन् ।

यसले आँखाको संक्रमण हुने गर्दछ । तसर्थ अभिभावकले आफ्ना बच्चालाई बारम्बार हात धुने बानी सिकाउनु पर्दछ ।

२. नियमित आँखाको परीक्षण
बच्चाको आँखामा हुने संक्रमणबाट बचाउन वा भएको थाहा पाउन उनीहरुको आँखालाई नियमित परीक्षण गराइ रहनु पर्दछ । यसले आँखाको संक्रमण मात्र नभई अन्य समस्याको पनि समय अगावै जानकारी पाउन सकिन्छ ।

३. बाहरी तत्वबाट सुरक्षा
कन्जेक्टिवायटिस (नेत्रश्लेष्मलाशोथ) लगायतका संक्रमण एक बच्चाबाट अन्यमा नफैलियोस् भन्न उनीहरुलाई यसबारे ज्ञान र सर्तकताको उपाय बताउनुपर्दछ । विशेषत सरसफाईबारे जानकारी गराउने, सार्वजनिक स्थानमा खेलेर फर्कदा हातखुट्टा धुन लगाउने गर्नु पर्दछ ।

४. उचित उपचार
बालबालिकामा हुने यस प्रकारको संक्रमणबाट बचाउन सबैभन्दा आवश्यक हुन्छ उनीहरुलाई केहि समस्या हुनासाथ तुरुन्त विशेषज्ञबाट उपचार गराइ हाल्नु पर्दछ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १० : ०५ बजे

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म