कोरियाको आर्थिक वृद्धिदर कमजोर : नेपाली मजदुर प्रभावित हुनसक्ने « Khabarhub

कोरियाको आर्थिक वृद्धिदर कमजोर : नेपाली मजदुर प्रभावित हुनसक्ने


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ ।

बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्कअनुसार कूल ग्राहस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो । पछिल्ला तीन महिनामा आर्थिक वृद्धि तीन दशमलव तीन प्रतिशतले गिरावट आएको छ । यो गिरावट दोस्रो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढी हो ।

केन्द्रीय बैंकका अनुसार हालको आर्थिक वृद्धिदर सन् १९९८ यताकै सबैभन्दा कमजोर हो । उक्त समयमा कोरियालागायत एशियाव्यापीरूपमा आर्थिक मन्दी छाएको थियो ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिलदेखि जुनसम्मको कूल ग्राहस्थ उत्पादनमा २.९ प्रतिशतले कमी भएको छ । यसले कोरियामा रोजागारी गरिरहेका नेपालीलगायत अन्य देशका मजदुरलाई पनि अप्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

दक्षिण कोरियाको ठूलो अर्थतन्त्र निर्यातमा निर्भर पर्छ, तर पछिल्लो त्रैमासिकमा उत्पादित सामान निर्यातमा भारी गिरावट देखिएको छ । यातायातका साधन तथा स्मार्ट फोनहरूको निर्यातमा १३.६ प्रतिशतले गिरावट आएको छ । निर्यातमा आएको यो गिरावट सन् १९७४ पछिको सबैभन्दा धेरै हो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १ : ०५ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध