साम्राज्ञीविरुद्ध भुवनले दिए अदालतमा उजुरी « Khabarhub

साम्राज्ञीविरुद्ध भुवनले दिए अदालतमा उजुरी


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले उजुरी दिएका छन् ।

उनले जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी ज्ञानबहादुर शाहले साम्राज्ञीविरुद्ध उजुरी परेको बताए ।

यसअघि अभिनेता भुवन केसीले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीले आफ्नो चरित्रहत्या गरेको भन्दै उजुरी दिएका थिए ।

यो मुद्दालाई कलाकार संघले नै मिलाउन खोजिरहेका बेला भुवनले अदालतमा उजुरी दिएका हुन् ।

केही समयअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीलाई इंगित गर्दै ‘ड्रिम्स’ फिल्म शूटिङका क्रममा आफू ‘घिनलाग्दो दुर्व्यवहार’ को शिकार भएको बताएकी थिइन् ।

साम्राज्ञीले आरोप लगाए पनि भुवनले भने बारम्बार आफूले दुर्व्यवहार नगरेको बताउँदै आएका छन् ।

पछिल्लो समय भुवन र साम्राज्ञीको सामाजिक सञ्जालमा दोहोरी नै चलेको थियो । चलचित्र कलाकार संघमा उजुरी परेपछि कलाकार संघले साम्राज्ञीसँग लिखित जवाफ मागेको थियो ।

साम्राज्ञीले भने वकिलमार्फत यो बहसलाई अगाडि बढाउन नचाहेको र  मौखिक प्रतिक्रिया पठाएकी थिइन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ४ : २८ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र