होम क्वारेन्टिनमा बसेका ३ जनामा कोरोना संक्रमण « Khabarhub

होम क्वारेन्टिनमा बसेका ३ जनामा कोरोना संक्रमण


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती- नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना होम क्वारेन्टिनमा थिए ।

मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोखरेलले दिएको जानकारीअनुसार मध्यबिन्दु नगरपालिका वडा नम्बर ३, ९ र १० मा साउदी अरब र भारतबाट आई होम क्वारेन्टिनमा बसेका पुरुषहरूमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

वडा नम्बर ९ का ५० वर्षे एक पुरुष साउन १ गते भारतको जम्मुकस्मिरबाट सुनौली नाकासम्म आई त्यहाँबाट मोटरसाइकलमा घर पुगेका थिए । उनी होम क्वारेन्टिनमा थिए ।

वडा नम्बर १० का दुई पुरुषमध्ये २४ वर्षका एक जना साउन १ गते साउदी अरबबाट काठमाडौं आई त्यहाँबाट अरुणखोलासम्म बसमा आएका थिए । उनी अटोरिक्सा चढेर घर पुगी होम क्वारेन्टिनमा बसेका थिए ।

यस्तै, २२ वर्षका अर्का एक पुरुष साउन २ गते साउदी अरबबाट काठमाडौं आई बसबाट अरुणखोलासम्म आएका थिए । उनी पनि अटोरिक्सामा घर पुगेर होम क्वारेन्टिनमा थिए ।

वडा नम्बर ३ का २५ वर्षे एक पुरुष यही साउन २ गते भारतको दिल्लीबाट सुनौली नाकासम्म आई त्यहाँबाट भ्यानमा चढेर आएका थिए । उनी स्थानीय जनता मावि क्वारेन्टिनमा थिए ।

संक्रमित चारै जनाको अवस्था सामान्य रहेको र उनीहरूलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा पठाइएको जनाइएको छ । यससँगै मध्यबिन्दु नगरपालिकामा ६ जना महिला र ४८ जना पुरुष गरी ५४ जना कोरोना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : ४३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका