होम क्वारेन्टिनमा बसेका ३ जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

होम क्वारेन्टिनमा बसेका ३ जनामा कोरोना संक्रमण


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती- नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना होम क्वारेन्टिनमा थिए ।

मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोखरेलले दिएको जानकारीअनुसार मध्यबिन्दु नगरपालिका वडा नम्बर ३, ९ र १० मा साउदी अरब र भारतबाट आई होम क्वारेन्टिनमा बसेका पुरुषहरूमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

वडा नम्बर ९ का ५० वर्षे एक पुरुष साउन १ गते भारतको जम्मुकस्मिरबाट सुनौली नाकासम्म आई त्यहाँबाट मोटरसाइकलमा घर पुगेका थिए । उनी होम क्वारेन्टिनमा थिए ।

वडा नम्बर १० का दुई पुरुषमध्ये २४ वर्षका एक जना साउन १ गते साउदी अरबबाट काठमाडौं आई त्यहाँबाट अरुणखोलासम्म बसमा आएका थिए । उनी अटोरिक्सा चढेर घर पुगी होम क्वारेन्टिनमा बसेका थिए ।

यस्तै, २२ वर्षका अर्का एक पुरुष साउन २ गते साउदी अरबबाट काठमाडौं आई बसबाट अरुणखोलासम्म आएका थिए । उनी पनि अटोरिक्सामा घर पुगेर होम क्वारेन्टिनमा थिए ।

वडा नम्बर ३ का २५ वर्षे एक पुरुष यही साउन २ गते भारतको दिल्लीबाट सुनौली नाकासम्म आई त्यहाँबाट भ्यानमा चढेर आएका थिए । उनी स्थानीय जनता मावि क्वारेन्टिनमा थिए ।

संक्रमित चारै जनाको अवस्था सामान्य रहेको र उनीहरूलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा पठाइएको जनाइएको छ । यससँगै मध्यबिन्दु नगरपालिकामा ६ जना महिला र ४८ जना पुरुष गरी ५४ जना कोरोना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : ४३ बजे

राजश्व छली गरिएका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं– राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौंमहानगरपालिका-३२

विपी राजमार्ग : साउनभर राति १२ घण्टा बन्द हुने

काभ्रेपलाञ्चोक – विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा बिहिबारदेखि एक महिनासम्म राति १२

कपिलवस्तुमा सर्पदंशबाट १४ महिने शिशुको मृत्यु

कृष्णनगर– कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण एक १४ महिने

कर्णालीमा पर्यटकको आगमन बढ्यो

सुर्खेत– कर्णालीमा पर्यटकको आगमन संख्यामा वृद्धि भएको छ । नेपाल

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी – अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको