ज्योति विकास बैंकद्वारा राष्ट्रिय आवस्किार केन्द्रलाई सहयोग गर्ने प्रतिवद्धता « Khabarhub

ज्योति विकास बैंकद्वारा राष्ट्रिय आवस्किार केन्द्रलाई सहयोग गर्ने प्रतिवद्धता


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ज्योति विकास बैंकले शुक्रबार स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवकाे अवसरमा ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोर्ष’ मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको ‘न्यानो नानी’ परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो ।

बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानो नानी’ परियोजनाको लागि ८ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ। जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका छन्।

अध्यक्ष खड्काले ज्योति विकास बैंकले राष्ट्र बैंकले हालको कोभिड महामारिलाई मध्यनजर गरी ल्याएको कर्जाको व्याजमा २५ छुटको व्यवस्थालाई बिना कुनै शर्त सम्पूर्ण कर्जाग्राही ग्राहकहरुलाई दिईसकेको जानकारी गराए।

१२औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्धघाटन गरेको छ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ४ : ४८ बजे

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय