वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा, सबै व्यक्तिको कोरोना परीक्षण गर्नु पर्ने महानगरको माग « Khabarhub

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा, सबै व्यक्तिको कोरोना परीक्षण गर्नु पर्ने महानगरको माग


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि आज बिहानदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।

जिल्ला कोभिड -१९ संकट व्यवस्थापन समिति निषेधाज्ञा लगाउनुपर्ने निष्कर्षमा पुगेपछि प्रशासनले आज  बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए ।

‘ट्राभल हिस्ट्री’ नभएका मानिस पनि संक्रमित भएको तथा मृत्यु हुनेको संख्या बढ्न थालेपछि निषेधा लागू गरिएको उनले जानकारी दिए ।

निषेधाज्ञा जारी भएसँगै महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लागेको छ ।

वीरगञ्जमा दुई दिनमा कोरोना संक्रमणले तीन जनाको मृत्यु भइसकेको मेयर सरावगीले जानकारी दिए । ५७ जना संक्रमित उपचारको क्रममा छन्।

शुक्रबार वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएकी बाराकी १७ वर्षीया किशोरीमा पनि कोरोना पुष्टि भएको छ। दुई दिन अघि वीरगञ्जमै एक पुरुष र एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

संक्रमित बढेसँगै महानगरपालिकाले सबै व्यक्तिको कोरोना परीक्षण गर्न सरकारसँग माग गरेको छ । ‘अब घरघरको टेष्ट नगरे उपाय छैन, समुदायस्तरमा संक्रमण देखिइसको, तत्काल सबै घरलाई घरमै आइसोलेसनमा राखौँ, नत्र अबस्था भयावह हुन्छ,’ सरावगीले खबरहबसँग भने ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ७ : ४४ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक