प्रेस युनियनका पदाधिकारी र बेलायतका सांसदबीच भेटबार्ता | Khabarhub Khabarhub

प्रेस युनियनका पदाधिकारी र बेलायतका सांसदबीच भेटबार्ता


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत-नेपाल प्रेस युनियनका पदाधिकारी र बेलायतका सांसदबीच भेटघाट भएको छ । युनियन बेलायत शाखाको अधिवेशन सम्पन्न गर्न यहाँ आएका युनियनका उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी तथा बेलायतका सांसद विरेन्द्र शर्माबीच बेलायतमा रहेका नेपाली पत्रकार र नेपाली समुदायका समस्याका विषयमा छलफल भएको हो।

नेपाल प्रेस युनियन बेलायत शाखाका उपाध्यक्ष रहेका पत्रकार एभरेष्ट गौतमको पहलमा युनियनका पदाधिकारी र सांसदबीच भेटघाट भएको हो । लेबर पार्टीको तर्फबाट बेलायतको संसदमा प्रतिनिधित्व गर्ने सांसद शर्माले नेपाली समुदायलाई गर्न सक्ने सहयोगकालागि आफू तत्पर रहेको बताए । सांसद शर्माले नेपालबाट बेलायत पुग्ने उच्च राजनीतिक नेतृत्वसँग समेत भेटघाट गर्दै आएका छन् ।

दक्षिणएसिया मामिला हेर्ने संसदीय समितिका संयोजक समेत रहेका शर्मा भारतीय मूलका बेलायती नागरिक हुन् । उनी ५० वर्ष अघि भारतको पञ्जाबबाट बेलायत पुगेर संघर्ष गर्दै यो स्थानमा पुगेका हुन् । सांसद शर्माले यहाँ बस्ने नेपाली समुदायले बेलायती राजनीतिप्रति चासो राखेर माथि उठ्न सक्ने बताए ।

नेपालबाट बेलायतमा आइ राजनीतिमा सक्रिय रहेका नेपाली मुलका बेलायती नागरिक बच्चुकैलास कैनी , शिवजी श्रेष्ठको पनि सांसद शर्माले उदाहरण दिँदै अरु नेपाली पनि राजनीतिमा आउन सक्ने बताए । कैनी बेलायतमा सांसदको उमेद्वार बनिसकेका छन् भने श्रेष्ठ यहाँको लेबर पार्टीको नेताको रुपमा परिचित छन् ।

सुरुमा कन्डक्टरको काम गर्दा ट्रेड युनियन आन्दोलनमा सक्रिय सांसद शर्मा एक दशक ट्रेड युनियन आन्दोलनमा काम गरेपछि चार दशकदेखि बेलायतको राजनीतिमा सक्रिय छन् । लेबर पार्टीकोतर्फबाट तीन पटक सांसद भैसकेका छन् । उनले बेलायतको इलिङ साउथ हलबाट प्रतिनिधित्व गर्छन् । आगामि जुलाई वा अक्टोबरमा नेपाल भ्रमणमा जाने जानकारी दिए ।

भेटबार्तामा बेलायतमा रहेका ब्रिटिस सैनिक, नेपाली समुदाय र पत्रकारका समस्याको बारेमा युयिनका महासचिव शिवाकोटीले सांसद शर्माको ध्यानाकर्षण गराउँदै सहयोग गर्न आग्रह गरेका थिए । शिवाकोटीले प्रेस युनियन ट्रेड युनियन अधिकारका लागि क्रियाशिल संस्था भएको जानकारी गराउँदै बेलायतसँग सहकार्य गरेर पत्रकारका क्षमता विकासका कार्यक्रममा साझेदारी गरेर अघि बढ्न सक्ने बताए ।

बेलायतमा रहेका नेपाली पत्रकारको क्षमता विकास र सहज रिपोटिङको प्रबन्ध मिलाउने व्यवस्था मिलाउन सांसद शर्मालाई महासचिब शिवाकोटीले आग्रह गरेका थिए । शिवाकोटीले वेलायतमा रहेका नेपाली समुदायको अपेक्षा बेलायत सरकारसँग पुर्याउन सहयोग गर्न अनुरोध गरे ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  २ : ०४ बजे

‘नेपालीबीच सद्भाव र एकता कायम गरौँ’

मोरङ‍– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनेपालीबीच सद्भाव र एकता

स्वास्थ्य मन्त्रालयको सरुवा र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित हुने 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी

जेन-जी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने कांग्रेसको माग   

काठमाडौं– नेपाली कांग्रेसले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि

चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसले

बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु– पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध