नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुग्यो


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

४ हजार ७५ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना छन् भने आइसोलेसनमा पाँच हजार तीन सय ८५ जना छन्।

शनिबार कोरोना निको भएर १०६ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ४ : ३६ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट