सोमबारबाट पुनः मौसम सक्रिय हुने, सतर्कता अपनाउन अनुरोध | Khabarhub Khabarhub

सोमबारबाट पुनः मौसम सक्रिय हुने, सतर्कता अपनाउन अनुरोध


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ ।

वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

यस वर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो । त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा वाढी पहिरोले जनधनको समेत क्षति भएको थियो ।

त्यसयता पटकपटक ठाउँठाउँमा भारी वर्षा भयो । गतअसार २५ देखि २९ सम्म न्यूनचापीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो । सोही वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चोकमा ठूलाठूला पहिरो खसेर जनधनको क्षति भएको थियो ।

यही साउन ४ देखि ६ गतेसम्म पुनः न्यूनचापीय रेखा नेपाल नजिक पर्दा मनसुनी वर्षा भएको थियो । यसले मुलुकका धेरै ठूला नदीहरुमा बहाव ह्वात्तै बढ्न गई नारायणी, कोशीलगायत नदी खतराको तहसमेत पार गर्दा ठाउँठाउँमा डुबानसमेत भएको थियो भने कतिपय स्थानमा पहिरो खसेर जनजीवन प्रभावित बनाएको थियो ।

सबै मनसुनी वर्षा आउनुपूर्व नै सरकारले जोखिमको चेतावनी दिँदै सतर्कता अपनाउन भने पछि अकस्मात खसेको पहिरोले धेरै मानिसको ज्यान लियो ।

यसपटक आगामी सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोदिनको रातिदेखि सक्रिय हुने मनसुन केही दिन रहने जनाइएको छ । त्यसले मुलुकका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा गराउने सम्भावना छ ।

नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने जनाइएको छ ।

विगतको घटनासमेतलाई मध्यनजर गरी आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

प्रिमनसुनको समयदेखि नै भारी वर्षा भएकाले यसपटक जमिन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र चलायमान गराएको भूगर्वविदको भनाइ छ ।

भूगर्वविद् शिव बाँस्कोटा पहिले गएका पहिरो सक्रिय हुनसक्ने तथा जमिन गलिसकेकाले थोरै पानी पर्दासमेत अन्य क्षेत्रमा समेत पहिरो खस्नसक्ने तथा नदीमा एक्कासी बाढी बढ्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने बताए ।

मनसुन सक्रिय भएपछि मुलुकमा बाढी, पहिरो र चट्याङका कारण १४१ जनाको मृत्यु भइसकेको छ । ती मध्ये सबैभन्दा बढी पहिरोले मात्रै १२६ जनाको ज्यान लियो भने ४४ अझै बेपत्ता छन् ।

उक्त अवधिमा पहिरोमा परेर ११३ घाइते भएका प्राधिकरणले जनाएको छ । यस्तै बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । चट्याङ परेर १७ जनाले ज्यान गुमाए भने ४२ घाइते भएका छन् ।

यसपटक भने पहिचान भएका जोखिम क्षेत्रमा अगाडि नै उद्धारकर्मी तथा सचेतनाका लागि जनशक्ति परिचालन गर्ने तयारी गरिएको र आजदेखि सम्बद्ध सरोकारवालालाई पूर्वतयारीमा जुट्न भनिएको प्राधिकरण प्रमुख पोखरेलले बताए ।

यसपटकको मनसुन सक्रिय भएपछि अहिलेसम औषतभन्दा निकै धेरै पानी परिसकेको छ । त्यसैले बाढीपहिरो र डुबानको जोखिम धेरै छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ६ : २६ बजे

महिलाले पनि बलात्कार गर्न सक्छन् : कानून मन्त्रालय

काठमाडौं– समाजमा पुरानो उखानै छ– नेपालको कानून दैव जानुन् !

आतंकवाद, अराजकता र निरङ्कुशता लोकतन्त्रका शत्रु हुन् : मन्त्री गुरुङ

पाटन– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता

युरोपेली शीर्ष नेताहरूको संयुक्त भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट

युक्रेन– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदैछन् लालबहादुर

गोरखा– शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक

लुम्बिनीमा तीन दिन बुद्धजयन्ती मनाइँदै

रूपन्देही– २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९