मिचिएको जमिन फर्काउन एक ढिक्का भएर अघि बढौं : मन्त्री ज्ञवाली | Khabarhub Khabarhub

मिचिएको जमिन फर्काउन एक ढिक्का भएर अघि बढौं : मन्त्री ज्ञवाली


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउने प्रयास जारी रहेको बताएका छन् ।

मदन भण्डारी फाउण्डेशन काभ्रेलाञ्चोकद्वारा आयोजित जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै उनले सिंगो देश एक ढिक्का भएर जमिन फर्काउन अघि बढ्नुपर्ने बताए ।

उनले भने, “मित्रराष्ट्र भारतसँग एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आफ्नो स्वामित्वलाई फर्काउनुपर्नेछ ।”

वास्तविक नक्सा मात्र बनाएर मात्रै नहुने चर्चा गर्दै मन्त्री ज्ञवालीले जमिन फर्काउन भन्नजस्तो सजिलो नभएको जनाए ।

उनले भने, “भन्न त सजिलो छ, नक्सा त जहिले छापे पनि हुन्थ्यो नि, तर प्रक्रियागत ढङ्गले अघि बढ्नुपर्छ सफलतामा पक्कै पुगिन्छ ।”

उनले वास्तविक नेपाली भूभागसहितको नक्सा जारी गर्न दह्रो मुटु भएको, राष्ट्रियताको लागि लड्ने एउटा नायक चाहिन्थ्यो, सोहीअनुसार जारी भएको दाबी गरे ।

“कुर्सी जेसुकै होस् तर म राष्ट्रियताका लागि लड्छु भन्ने हिम्मत, कुर्सीबाट हट्न परे पनि आफ्नो भूमि छोड्दिन भन्ने हिम्मत चाहिन्थ्यो”, उनले भने ।

सिङ्गो देश एकताबद्ध भएकाले मात्रै नक्सा जारी सम्भाव भएको पनि उनको धारणा थियो ।

उनले नक्साअनुसारको संविधान संशोधन गरिएको क्षण यात्राको शुरुआत मात्रै भएको बताए ।

“जमिनलाई वास्तविकरूपमा भोगचलनमा ल्याउन धेरै काम गर्न बाँकी छ”, उनले भने ।

मन्त्री ज्ञवालीले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा नेपाल दक्षिण एशियामै प्रभावकारी सफलता प्राप्त गरेको दाबी गरे ।

“दक्षिण एशियामा कोरोनाविरुद्धको लडाइँमा नेपालले प्रभावकारी सफलता प्राप्त गरेको छ”, उनले भने ।

उनले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल र मदन भण्डारी दुई व्यक्तिको पार्टी स्थापना र प्रतिपादित सिद्धान्त जबजको बाटोमा नै अगाडि बढिरहेको बताए ।

उनले भने, “समाजवादको भविष्य उज्ज्वल छ भन्ने मार्गदर्शक नै हाम्रो पनि मार्गदर्शक हो ।” पार्टी एकता जेठ ३ गते नै रोज्नुको कारण महत्वपूर्ण रहेको चर्चा गर्दै उनले एकता भूलचुकमा नभएको दाबी गरे ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ६ : ११ बजे

प्रचण्डले भने- सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ

अमरगढी– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

‘हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा रहिआएका छन्’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य

सुदूरपश्चिममा प्रचण्डकाे ‘हेड्याक’ : दलको नेतामा १६ महिनापछि खगराजकाे ‘कमब्याक’

धनगढी– नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रचण्डलाई सुप्रिमो भन्छन् अर्थात् सुप्रिम

ढकमक्क ज्याकाराण्डा, तस्बिर खिच्नेको ताँती (तस्बिरहरू)

काठमाडौं– उपत्यका अहिले ज्याकारान्डा फुलेर बैजनी रंगको बनेको छ ।

बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत छन्, समितिको नेतृत्व मात्रै हेरफेर

काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रवक्तामा नवीन मानन्धर यथावत रहेको जनाएको छ